Nepal Times
Nepal Times
3
Shares

पीएम कपः प्रदेश एकलाई दुई विकेटले हराउँदै गण्डकी प्रदेश विजयी

पीएम कपः प्रदेश एकलाई दुई विकेटले हराउँदै गण्डकी प्रदेश विजयी

५ माघ, काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा सोमबार भएको पहिलो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । गण्डकीले प्रदेश नम्बर एकलाई दुई विकेटले हराएको हो ।

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एक २४ ओभर चार बलमा एक सय दुई रनमै अलआउट भयो । उसका लागि कप्तान सिद्धान्त लोहनीले २४ र मिनाश थापाले २२ रन बनाए । प्रदेश एकलाई कम योगफलमै रोक्न विशाल पौडेल र सुवाश भण्डारीले चार–चार विकेट लिँदा विपिन खत्रीले दुई विकेट लिए ।

एक सय तीन रनको झिनो लक्ष्य पाएर जवाफी ब्याटिङमा उत्रिएको गण्डकीलाई जित्न हम्मे हम्मे पर्याे । उसले ३७ ओभरमा आठ विकेट गुमाउँदै लक्ष्य भेट्यायो ।

बलिङतर्फ प्रदेश एकका शुभंकर उराव र मिनाश थापाले दुई–दुई विकेट लिए । गण्डकीका दुई खेलाडी रनआउट भए ।
सोमबारकै अर्काे खेलमा वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश खेलिरहेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.