×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पीएम टी–२० कप राष्ट्रिय क्रिकेटः नेपाल पुलिसले प्रदेश १ लाई ६ विकेटले हरायो

३ माघ २०७८

३ माघ, काठमाडौँ । नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप पुरुष टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा सोमबार प्रदेश १ लाई ६ विकेटले पराजित गरेको छ ।

यसअघि नै समूह ‘ए’ विजेताको रुपमा पुलिस सेमिफाइनल पुगिसकेको छ । समूहमा चारै खेल जितेको पुलिस ८ अंक जोड्दै समूह विजेता बन्दा ५ अंक जोडेको आर्मी समूह उपविजेता बनेको छ ।

शनिबार नै हुनुपर्ने पुलिस र प्रदेश १ बीचको खेल कोरोना संक्रमणको आशंकाका कारण स्थगित गरेर आज खेलाइएको हो ।

कुशल भुर्तेलले ४४ रन बनाएपछि प्रदेश १ ले दिएको १०२ रनको लक्ष्य पुलिसले १३.१ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा ग¥यो । भुर्तेलले २८ बल खेल्दै ३ चौका र ३ छक्का प्रहार गरे ।

दीपेन्द्र सिंह भरीले १३ बलमा २० रन योगदान गरे । अनिल शाहले २४ बलमा अविजित २० रन बनाए । आरिफ शेखले ४ बल खेल्दै २ चौका प्रहार गरेर १० रनमा अविजित रहे । प्रदेश १ का फिर्दोस अन्सारी, दिपेश कँडेल, मुकुन्द यादव र मनोज तामाङले १–१ विकेट लिए ।

त्यसअघि टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन बनाएको थियो । ओपनर मिनास थापाले अर्धशतक बनाएपनि अन्य खेलाडीले गतिलो साथ नदिँदा प्रदेश १ ले ठूलो स्कोर बनाउन सकेन ।

मिनासले ५९ बल खेल्दै ६ चौका र १ छक्का मद्दतमा ५९ रन नै बनाए । श्रवण यादवले १० रन जोडे । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बलिङमा नेपाल पुलिसका आरिफ शेखले ३ ओभरमा २ मेडन राख्दै ३ रन मात्र खर्चेर २ विकेट लिए ।

दीपेन्द्र सिंह ऐरी र कप्तान मन्जित श्रेष्ठले पनि २–२ विकेट लिए । ३ ओभर बलिङ गर्दा दीपेन्द्रले ८ र मन्जितले २० रन खर्चिए । यस्तै करण केसी र यसै खेलमार्फत मैदान फर्केका सागर ढकालले समान १ विकेट लिए ।

प्रतियोगिताको दुवै सेमिफाइनल मंगलबार हुनेछ । जहाँ नेपाल पुलिसले बागमती प्रदेश र आर्मीले एपीएफसँग खेल्नेछ । दुवै खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुनेछ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top