×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पुटिनद्वारा किभमाथि आंतकवादको आरोप

२४ आश्विन २०७९

२४ असोज, एजेन्सी ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई रुस–क्राइमिया जोडिने पुलमा हमला गरेको आरोप लगाउँदै त्यसलाई “आतङ्कवादी कार्य“ बताएका छन् । उक्त पुल रुस र उसले आफ्नोमा गाभेको क्राइमियासँग जोडिने एकमात्र रेल तथा सडकमार्ग हो ।

रुसले क्राइमियालाई आफ्नोमा गाभेको चार वर्षपछि सन् २०१८ मा पुटिनले उक्त पुलको उद्घाटन गरेका थिए । रुसी राष्ट्रपतिले युक्रेनका जासुसी सैन्यहरूले रणनीतिक रूपले महत्त्वपूर्ण रुसी पूर्वाधारलाई ध्वस्त पार्ने लक्ष्य राखेको बताएको बीबीसीले लेखेको छ । पुटिनले भने, “यो रुसको महत्त्वपूर्ण नागरिक पूर्वाधार नष्ट गर्ने लक्ष्य राखिएको आतङ्कवादी कार्य भएकोमा कुनै शङ्का छैन ।“ “यसका योजनाकार, दोषी र लाभग्राही युक्रेनका सुरक्षा बलहरू हुन्।“

बस्ट्रिकिनले उक्त हमलाका लागि रुसी नागरिकहरू र केही देशहरूले सघाएको बताए । उनले अनुसन्धान अनुसार विस्फोट भएको उक्त ट्रकले बल्गेरिआ, जोर्जिआ, आर्मेनिआ, नोर्थ ओसेटिआ र क्रास्नोदार क्षेत्रबाट यात्रा गरेको जानकारी दिए । सडकको केही खण्डहरू ध्वस्त बनेको उक्त घटनाको अनुसन्धान गर्न आदेश दिइएको छ । अधिकारीहरूले उक्त पुलमा भएको विस्फोटनमा परेर तीनजना मानिसहरू मारिएको बताएका छन् ।

रुसी अधिकारीहरूका अनुसरा एक लरीमा विस्फोट हुँदा ती मानिसहरू नजिकै कारमा रहेका थिए । युक्रेनी अधिकारीहरूले आफ्ना फौजहरू उक्त हमलापछाडि रहेको कुराको सङ्केत गरेका छैनन्। तर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका एकजना सल्लाहकार मिखाइलो पोदोलियाकले पुटिनको आरोप अस्वीकार गरेका छन् ।

उनले “यहाँ एउटा मात्र आतङ्कवादी राष्ट्र रहेको“ र त्यो “कुन हो भन्ने पूरा संसारले जानेको“ लेखेका छन्। “पुटिनले युक्रेनलाई आतङ्कवादको आरोप लगाएका हुन् भने त्यो रुसकै लागि समेत निकै व्यङ्ग्यपूर्ण देखिन्छ,“ उनले भने।

शनिवार राष्ट्रपति जेलेन्स्कीले आफ्नो रात्रिकालीन सम्बोधनमा उक्त घटनालाई उद्धृत गरेका थिए। “आज खराब दिन रहेन र हाम्रो देशको भूभागमा धेरैजसो घाम लाग्यो,“ सम्बोधनमा उनको भनाइ थियो। “दुर्भाग्यवश, क्राइमियामा बादल लाग्यो। यद्यपि त्यो पनि न्यानो नै थियो।“

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top