×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पुटिनलाई डराउन गएको अमेरिका उल्टै डराएर फर्कियो

१४ फाल्गुन २०८१

१४ फागुन , विराटनगर ।

रुस र यूक्रेनबीचको युद्ध अन्त्य गर्नका लागि एकातर्फ महत्वपूर्ण प्रयासहरु जारी छ भने अर्कातर्फ तनाव पनि बढीरहेको छ । किनभने रुसका तर्फबाट यूक्रेनमा परमाणु हमला गर्नसक्ने शक्तिशाली बमवर्षकहरुको अहिले व्यापक प्रयोग भइरहेका छन् ।

जसले सिंगो यूरोपलाई हल्लाइदिएको छ । यसका लागि नेटो सेनाले पोल्याण्डमा आफ्नो एयरफोर्सलाई तैनाथ गरेको छ । यता रूसले आफ्नो बम्बर त्यतिबेला पठाएको हो जतिबेला अमेरिकाले पनि आफ्नो बी–५२ बम्बर रूसी सीमा नजिक उडाएको थियो ।

युक्रेन युद्धको तीन वर्ष पूरा हुँदा अमेरिकाले शक्ति प्रदर्शन गर्दै रूसी सीमाबाट ८० किमीको दूरीमा आफ्नो बम्बर उडाएको हो । बी–५२, परमाणु हतियार लैजान सक्षम छ ।

यसलाई पूर्वी एस्टोनियामाथि उडाइएको थियो । सो दिन एस्टोनियाको स्वतंत्रता दिवस पनि थियो । अमेरिकाका तर्फबाट बम्बर उडाएपछि यूक्रेनी राष्ट्रपतिले चेतावनी दिएका थिए ।

उनले भने, पुटिनले जुन देशहरुमा आगामी दिनमा हमला गर्न सक्छन्, त्यसमा अब एस्टोनिया पनि सामेल भएको छ । युक्रेनी राष्ट्रपतिको भनाई छ कि जुन पूर्वी यूरोपेली देशहरुमा रूसी जनसंख्या छ वा सोभियत संघको प्रभाव क्षेत्रको हिस्सा थिए, ती देशहरु अब खतरामा छन् ।

जेलेंस्कीका अनुसार पोल्याण्ड, स्लोभाकिया, लाटभिया, एस्टोनिया र मोल्दोभा पुटिनको निशानामा छन् । जेलेन्स्कीको यस्तो चेतावनीअघि पोल्याण्डमा नेटोले आफ्नो एयरफोर्स तैनाथ गरेको विषयले भने रुसलाई चिढ्याएको छ ।

भलै रुसले नेटोको त्यो एयर शोमा कुनै प्रतिक्रिया दिएको छैन तर यसपछि उनले यूक्रेनमा भयानक हमला सुरु गरेको हो । रुसले टीयु ९५ एमएस जेट्सको प्रयोग गरेको हो, जसले किभमा आतंक मच्चाइदियो ।

मानिसहरु डराएर दौडिदै अंडर ग्राउंड शेल्टरमा शरण लिन पुगेका थिए । रूसको यो स्ट्राटेजिक बम्बरले लामो दूरीसम्म हमला गर्न सक्छ । परमाणु हतियार लैजान सक्षम छ । रुससंग यस्ता ५५ विमान छन् ।

रुसले युद्ध अन्त्य गर्न एकातिर अमेरिकासंग छलफल सुरु गरेको छ र यसबारे चीनसहितका आफ्ना मित्रदेशहरुलाई पनि विफ्रिंग गरिरहेको छ भने अर्कातिर यहीबीच यूक्रेनमा भारी आक्रमण जारी राखेको छ ।

रुसी आक्रमणले किभ, झाइटमिर, सुमी र चेर्कासी सहित कयौं यूक्रेनी इलाकाहरुमा भयानक विस्फोट सुनिएको थियो । रूसले ड्रोनको पनि प्रयोग गरे हमला गरिरहेको छ ।

जसमा कयौं घाइते पनि भएको बताइएको छ । युक्रेनमा रूसको यो पछिल्लो भयानक हमलाका कारण नेटो तुरुन्तै अलर्ट भएको थियो । उसले आफ्नो सुरक्षालाई अलर्ट मोडमा राखेको छ ।

द सनको रिपोर्टका अनुसार पोल्याण्डको सशस्त्र बलहरुको अपरेशन कमांड मुख्यालयले भनेको छ, ‘रूसको लामा दूरीका विमानहरुका कारण पोल्याण्डको हवाई क्षेत्रमा पनि विमानहरु उडाउनु पर्यो’ ।

रूसी विमानहरु देखिनासाथ नै उसले ग्राउंड एयर डिफेंस र रडार सिस्टमलाइै पनि एक्टिभ गरेको थियो । आर्कटिकमा ओलेन्या एयर बेसबाट कमसे कम २ टीयु ९५ एमएस बम वर्षकहरुले उडान भरेका छन् ।

रूसका तर्फबाट यी कदमहरु त्यतिबेला चालिएको हो जब लगातार पुटिन शांति चाहेको कुरा गरिरहेका छन् । आफूले सुर गरेको यो युद्ध तीन वर्ष पुरा भएको अवसरमा पनि रुसले यूक्रेनमा ठूलो ड्रोन गर्यो ।

उसले ४८ घन्टामा युक्रेनमा ४५० भन्दा धेरै बम खसाएको थियो । खासमा रुसले यसो गर्नुको पछाडी अमेरिकाको दोहोरो नीतिलाई मान्न सकिन्छ ।

किनभने अमेरिका एकातिर रुससंग युद्ध रोक्न भन्दै वार्तामा छ अर्कातिर युक्रेनसंग थप हतियार बिक्रिका लागि उसको दुर्लभ खनिज कब्जा गर्न सम्झौता गर्दैछ ।

यता युक्रेनपनि खनिज साटेरै भएपनि अमेरिकाबाट थप हतियार पाउनेमा ढुक्क छ । यो भनेको युद्धको निरन्तरता नै हुने स्थिति हो । यो विषयमा यूक्रेनी अधिकारीहरुले भनेका छन् कि यो सम्झौतामा शुक्रवार हस्ताक्षर हुनसक्छ ।

साथै यो सम्झौतामा हस्ताक्षर गरेपछि अमेरिकाबाट प्राप्त हुने सैन्य सहायता यूक्रेनका लागि अत्यन्त महत्वपूर्ण हुनेमा पनि अधिकारीहरुले विश्वास राखेका छन् ।

यस सभ्झौताले यूक्रेनलाई आर्थिक सहयोग प्रदान गर्ने मात्रै होइन बरु सुरक्षा क्षेत्रमा पनि सहयोग गर्नेछ,खासगरी रूसका साथ चलिरहेको युद्धमा । तर अमेरिकाका तर्फबाट कुराहरु अझै पनि प्रष्ट भइसकेको छैन ।

यस्तै केही दिनमै यूक्रेनी राष्ट्रपति पनि वाशिंगटन निस्कने बताइएको छ । जहाँ उनले अमेरिकी राष्ट्रपतिसंग वार्ता गर्नेछन् । ट्रम्पले नै यसबारे जानकारी दिएका हुन् ।

युक्रेनी अधिकारीका अनुसार यो वार्तामा यूक्रेनलाई निरंतर सैन्य सहायता प्रदान गर्ने विषयमा चर्चा गरिनेछ । जारी युद्धकाबीच यूक्रेनका लागि यो सम्झौता निकै नै खास छ ।

कारण हो, यो सम्झौताका माध्यमले उसले अमेरिकी सैन्य सहायतालाई सुनिश्चित गर्न चाहान्छ । साथै अमेरिकासंगको व्यापारिक सम्बन्धहरुलाई पनि बलियो बनाउन चाहान्छ ।

साथै यूक्रेनले ठानेको छ कि यो सम्झौताका माध्यमले उसलाई अन्तर्राष्ट्रिय स्तरमा धेरै समर्थन प्राप्त हुनेछ, जसले उसको सुरक्षा र आर्थिक स्थितिमा सुधार हुने छ ।

यद्यपि यो सम्झौता अन्तर्गत दुर्लभ खनिजको व्यापारमा ध्यान केंद्रित गरिनेछ । जो इलेक्ट्रोनिक उत्पादनहरु, इलेक्ट्रिक कार, आधुनिक हतियार, सैन्य उपकरणहरू बनाउन, सौर्य प्यानल, र अन्य प्रावधिक उपकरणहरुको निर्माणमा उपयोग हुन्छन् ।

यो खनिज यूक्रेनमा प्रचुर मात्रा रहेको छ र यसको विश्वस्तरमा निकै ठूलो बजार छ । संभवतः चीनलाई रोक्नका लागि ट्रम्प दुर्लभ खनिजहरूको उत्पादन र आपूर्तिमा अमेरिकाको हिस्सेदारी बढाउन खोजिरहेका छन् ।

अघिल्लो केही दशकमा, चीन दुर्लभ खनिजहरूको उत्खनन र प्रशोधनमा विश्वकै सबैभन्दा ठूलो देश बनेको छ । विश्व उत्पादनको ६०–७० प्रतिशत हिस्सा चीनको नियन्त्रणमा रहेको बताइन्छ ।

प्रशोधन क्षमतामा पनि ९० प्रतिशत हिस्सा चीनकै छ । रेयर अर्थ मिनरल्सका लागि चीनमा अमेरिकाको निर्भरता, ट्रम्प प्रशासनका लागि ठूलो चिन्ताको विषय हो ।

यसले आर्थिक र सैन्य क्षेत्रमा चीनको तुलनामा अमेरिकी हैसियत कमजोर पार्न सक्छ । युक्रेनसँग ३० मध्ये २१ खनिजहरूको भण्डार छ, जसलाई युरोपियन युनियनले ‘अत्यन्तै महत्त्वपूर्ण कच्चा पदार्थ’ भन्दछ ।

युक्रेनसँग रहेका दुर्लभ खनिजहरूले विश्वका कुल रेयर अर्थ मिनरल्स भण्डारको ५ प्रतिशत हिस्सा ओगट्ने बीबीसीले जनाएको छ । युक्रेनका दुर्लभ खनिजहरूको अधिकांश भण्डार क्रिस्टलाइन शिल्डको दक्षिण क्षेत्रमा अवस्थित छन् ।

यो क्षेत्र आजोभ सागर वरिपरि पर्छ, जसका धेरै भाग हाल रूसको कब्जामा छन् । हाल युक्रेनसँग १.९ करोड टन ग्रेफाइटको भण्डार छ । त्यसको प्रयोग विद्युतीय सवारी साधन निर्माणमा गरिन्छ ।

युक्रेनसँग इलेक्ट्रिक सवारीहरूको ब्याट्री बनाउन प्रयोग हुने लिथियमको पनि ठूलो भण्डार छ । युरोपमा पाइने लिथियम भण्डारको ३३ प्रतिशत हिस्सा मात्र युक्रेनमा छ ।

रूसको आक्रमण अघि, युक्रेनले विश्वको ७ प्रतिशत टाइटेनियम उत्पादन गथ्र्यो । यसको प्रयोग विमान निर्माणदेखि पावर स्टेसन निर्माणमा गरिन्छ ।

युक्रेनका केही दुर्लभ खनिज भण्डारहरूमा रूसले कब्जा गरिसकेको छ । युक्रेनकी आर्थिक मामिला सम्बन्धी मन्त्री यूलियाका अनुसार, रूसले लगभग ३५० अर्ब डलर बराबरका खनिज स्रोतहरू कब्जा गरिसकेको छ ।

यसबारे आफ्ना धारणा पनि अवस्यक व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top