×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पुटिन भारत आउनुअघि जयशंकर–लाभरोभ भेटवार्ता

३ मंसिर २०८२

२ मंसिर , काठमाण्डौ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भारत भ्रमणमा आउनुअघि मस्कोमा भारत र रुसका विदेशमन्त्रीबीच भेटवार्ता भएको छ । भारतीय विदेशमन्त्री एस. जयशंकरले रुसको राजधानी मस्कोमा रुसी समकक्षी सर्गेई लाभरोभसँग भेटवार्ता गरेका हुन् ।

भेटघाटका क्रममा दुई देशबीचको द्विपक्षीय साझेदारीबारे छलफल भएको हो । बैठकमा भारत–रूस २३ औं वार्षिक शिखर सम्मेलनको तयारीबारे पनि छलफल भएको छ । भारत र रुसबीचको २३ औं वार्षिक शिखर सम्मेलन हुने तय भएको छ ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसका लागि भारतको भ्रमण गर्नेछन् । रुसी विदेशमन्त्रीसँगको भेटबारे जयशंकरले भने ,’म मस्कोमा विदेशमन्त्री सर्गेई लाभरोभलाई भेट्न पाउँदा खुसी छु । यस क्रममा व्यापार र लगानी, ऊर्जा, गतिशीलता, कृषि, प्रविधि, संस्कृति र द्विपक्षीय साझेदारीबारे छलफल भयो।’

उनले क्षेत्रीय, विश्वव्यापी र बहुपक्षीय मुद्दामा विचार राखेको बताएका छन् । उता युक्रेनसँग युद्ध गरिरहेको रूसको आम्दानी घटाउने प्रयासमा अमेरिका लागेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिनेटमा पेस भएको नयाँ विधेयकलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

यस विधेयकले वाशिङ्गटनलाई मस्कोसँग व्यापार जारी राख्ने देशहरूमा ५०० प्रतिशतसम्म सीमाशुल्क लगाउने अधिकार दिनेछ । ट्रम्पले भनेका छन्, “रिपब्लिकनहरूले रूससँग व्यापार गर्ने कुनै पनि देशमा धेरै कठोर प्रतिबन्ध लगाउने विधेयक ल्याइरहेका छन् ।”

सिनेटर लिन्डसे ग्राहमले यसलाई लामो समयदेखि समर्थन गर्दै आएका थिए । तर, रूसले युक्रेनमा जारी राखेको आक्रमणबाट बढ्दो निराशाको बीचमा यसले गति पाएको छ ।

ब्लूमबर्गका अनुसार, यो विधेयकले ट्रम्पलाई रूसी तेल वा ग्यास किन्ने र युक्रेनलाई पर्याप्त समर्थन नगरेको मानिने देशहरूबाट आयात हुने वस्तुमा ५०० प्रतिशतसम्म सीमाशुल्क लगाउने अधिकार दिनेछ ।

यस प्रावधानलाई सीधै चीन र भारत जस्ता रूसी ऊर्जाका प्रमुख उपभोक्ताहरूलाई लक्षित गरेर बनाइएको हो । ट्रम्पले आइतबार भने, “हामी यसमा इरानलाई पनि थप्न सक्छौँ ।” यो विधेयक मस्कोले पूर्वी युक्रेनको रेलवे केन्द्र पोक्रोभ्स्क कब्जा गर्ने प्रयासहरू तीव्र पार्दै देशभर हवाई आक्रमणहरू जारी राखेको समयमा आएको छ ।

डेमोक्रयाट तथा धेरै रिपब्लिकनहरूले महिनौँदेखि द्वन्द्व लम्ब्याउने र कूटनीतिक प्रस्तावहरू अस्वीकार गरेको आरोप लगाउँदै क्रेमलिनविरुद्ध दण्डात्मक उपाहरूको माग गर्दै आएका छन् ।

ट्रम्पले राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीलाई वार्तामा ल्याउने प्रयास गर्दा नयाँ प्रतिबन्धहरू लगाउन अस्वीकार गर्दै आएका थिए । यस वर्ष सुरुमा उनले अलास्कामा गरेको पुटिनको आतिथ्यले कुनै सफलता हासिल गर्न सकेको थिएन ।

यसैबीच युक्रेनले रूसी आक्रमणहरूमा आफ्नो रक्षा–क्षमता बढाउन फ्रान्समा निर्मित १०० वटा राफेल एफ–४ लडाकु जहाज र स्तरीय वायुसुरक्षा प्रणालीहरू प्राप्त गर्न फ्रान्ससँग सम्झौता गरेको छ ।

पेरिसनजिकैको एक वायुसेना क्याम्पमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँसँग आशयपत्रमा हस्ताक्षर गरेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यस कदमलाई ऐतिहासिक बताएका छन् ।

राफेल एफ–४ को वितरण सन् २०३५ सम्म पूरा हुने योजना छ । ड्रोनको संयुक्त उत्पादन यही वर्षबाट सुरु हुँदै छ । सोमबार म्याक्रोँसँग संयुक्त ब्रिफिङमा जेलेन्स्कीले भने, “अर्को वर्षबाट सुरु हुने र दश वर्षसम्म चल्ने यो एक रणनीतिक सम्झौता हो ।”

उनले युक्रेनले धेरै नै शक्तिशाली फ्रान्सेली रडार, आठवटा वायुसुरक्षा प्रणाली र अन्य उन्नत हतियारहरू पनि प्राप्त गर्ने बताए । विगत केही महिनामा रूसले युक्रेनमाथि ड्रोन र मिसाइल आक्रमणहरू बढाएको छ, जसको लक्ष्य ऊर्जा तथा रेल पूर्वाधा मा क्षति गर्नुका साथै देशभर विद्युत् सेवामा अवरोध गर्नु गरेका छन् ।

यी आक्रमणहरूमा थुप्रै नागरिकको मृत्यु भएको छ, जसलाई किभ र पश्चिमी सहयोगीहरूले युद्ध–अपराधका रूपमा वर्णन गर्छन् । कतारमा बोल्दै म्याक्रोँले भने, “हामी १०० राफेलहरूको योजना बनाइरहेका छौँ । यो ठूलो कुरा हो । युक्रेनी सेनाको पुनरुत्थानका लागि यही आवश्यक छ ।”

युक्रेनी रक्षा विश्लेषक सेर्ही कुजानले बीबीसीलाई भने, “रूसले प्रतिमहिना ६ हजार ग्लाइड बमहरू प्रयोग गर्दै छन् । २०० किलोमिटरसम्म प्रहार गर्नसक्ने फ्रान्सेली हावाबाट हावामा प्रहार गर्ने प्रणाली हासिल गर्नु महत्वपूर्ण हुनेछ, रूसीहरूसँग २३० किलोमिटरसम्म प्रहार गर्नसक्ने आफ्नै प्रणाली छ ।”

किभ र पेरिसबीचको यो घोषणा ठूलो भए पनि रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटका जस्टिन ब्रोन्क भन्छन्, “यी जहाजहरूले कति फरक ल्याउँछन् भन्ने कुरा यिनको वितरणको समयसीमा र यिनसँग आउने मिसाइल प्रणालीहरूमाथि निर्भर गर्नेछ ।”

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top