२४ भदौ, काठमाडौँ ।
काठमाडौंको पुरानो बानेश्वर नजिकै भेटिएको शंकास्पद बस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ । बिहीबार बिहान करिव सवा ९ः४५ बजे काठमाडौं महानगरपालिका ९ पुरानो बानेश्वरबाट सेतोपुलतिर आउने ओरालोमा रहेको मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालय भित्र भेटिएको शंकास्पद बस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गराएको हो ।

स्थानीय जानकारी दिएलगत्तै घटनास्थल पुगेको नेपाल प्रहरीको टोलीले नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खवर गरेको थियो । डिस्पोजल टोलीका क्याप्टेन सन्दिप थापाका अनुसार अहिले उक्त क्षेत्र सुरक्षित रहेको छ भने शंकास्पद बस्तु सुरक्षित रुपमा नेपाली सेनाले निष्क्रिय पारेको छ । तर्साउने ध्येयले राखिएको त्यो शंकास्पद बस्तु बम भए नभएको अनुसन्धानपछि मात्रै भन्न सकिने पनि नेपाली सेनाको डिस्पोजल टोलीले जानकारी गराएको छ ।

क्याप्टेन सन्दिपले भन्ने, ‘यो अहिले सेभ्ली डिस्पोज भइसकेको छ, यसको फरदर हामी इन्भेस्टिगेट गर्दर्छौं, यो तर्साउनलाई मात्र राखिएको हो, सर्किट सबै कम्प्लिट भएको छ, यसमा हुनुपर्ने मेन कुरा, एक्सक्ल्यूसिभ कुरा छैन, त्यसैले यो धेरै रिस्की होइन ।’

डिस्पोजल टोलीले यसको बारेमा विस्तृत अध्ययन गरेर मात्रै बम राख्नेहरुको रिपोर्ट बाहिर ल्याउने बताएको छ ।

 

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top