×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पुल बनाउनु पर्ने माग गर्दै बैतडीका स्थानीय २३ दिनदेखि रिले अनसनमा

१३ आश्विन २०७६

१३ असोज, बैतडी । बैतडीको जुलाघाटमा मोटरेबल पुल बनाउनु पर्ने माग गर्दै त्यहाँका स्थानीय २३ दिनदेखि रिले अनसनमा बसेका छन् ।

भारतीय सीमा जोडिएको जुलाघाटको महाकाली नदीमाथि मोटर चल्ने पुल बनाउन माग गर्दै जिल्लाका विभिन्न पेशा, व्यवसायमा आवद्ध नागरिक जिल्ला प्रशासन कार्यालयअघि भदौ २२ गतेबाट अनसन बसेका हुन् ।

जुलाघाटमा अहिले झोलुंगे पुल छ। पुल निकै पूरानो भएकाले आवातजावत, व्यापार, उपचारमा समस्या भएको मोटरेबल पुल संघर्ष समिति सदस्य महेशदत्त भट्टले बताए ।

‘२०५९र०६०तिर बैतडीका १० हजार नागरिकले हस्ताक्षर संकलन गरी जिल्ला प्रशासन कार्यालयबाट तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई पठाएका थिए। त्यसपछि पनि बैतडी आएका सबै शीर्ष नेताहरूलाई हामीले पुल चाहियो भन्यौं,’ भट्टले भने,‘यत्रो वर्ष बित्यो तर हाम्रो दुस्ख कसैले बुझेन। त्यही भएर अहिले अनसन बसेका हौं।’

जुलाघाटबाट पारिपट्टि उत्तराखण्डको पिथौरागढ पर्छ। नेपाली नागरिक दैनिक उपभोग्य वस्तु ल्याउनमात्र पारि जाँदैनन्। जिल्ला अस्पतालले रिफर गरेका बिरामी पनि उता लैजान्छन्।

‘अस्पतालबाट ल्याएको बिरामी गाडीबाट निकालेर स्टेचरमा राखेर पारि लैजानुपर्छ,’ भट्टले भने,‘हामीले कहिलेसम्म यस्तो सास्ती भोग्ने?’

उनले जुलाघाटमा मोटरेबल पुल बैतडीवासीको दैनिक जनजीवनमात्र नभई सुदूरपश्चिम प्रदेशकै सम्वृद्धिसँग जोडिएको बताए।

‘पुल बन्यो भने यहाँको धार्मिक र कृषि पर्यटन फस्टाउँछ। यहाँ फल्ने टिमुर, तेजपात, अल्लो, ढटेलो, ओखर भारतीय बजारसम्म पुग्छन्,’ भट्टले भने। बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले झुलाघाटमा पुल बनाउने कुरा भारत सरकारसँग पनि जोडिएको बताए।

‘मैले अनसनकारीसँग बारम्बार कुराकानी गरिरहेको छु। उहाँहरूको ज्ञापनपत्र पनि प्रदेशको आन्तरिक मामिला र गृह मन्त्रालयमा पठाइदिएको छु,’ प्रजिअ पौडेलले भने,‘तर सीमा नदीमा पुल बनाउनु पर्ने भएकाले सरकारले भारतसँग पनि कुरा गर्नुपर्छ होला।’

संघर्ष समितिका सदस्य भट्टले आफूहरूले भारतीय नागरिकसँग पनि कुरा गरेको र उनीहरू पनि पुल बनाउने पक्षमा रहेको बताए। ‘पुल नहुँदा दुबै देशका मान्छेलाई समस्या भएको छ। सरकारले पुल बनाउन भारतसँग पनि कुरा गर्नुपर्छ,’ उनले भने।

२३ दिनसम्म अनसन बस्दा पनि संघीय सरकारले केही सुनुवाइ नगरेको उनले गुनासो गरे। ‘प्रधानमन्त्री रेल र पानीजहाजको कुरा गर्नुहुन्छ, सम्वृद्ध नेपाल बनाउने भन्नुहुन्छ तर एउटा पुल बनाउनु पर्‍यो भन्दै २३ दिनसम्म अनसन बस्दा पनि कसैले सुनुवाइ गर्दैन,’ उनले भने।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top