×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘पुष्पा २’ भर्सेस ‘सिंघम ३’ को प्रतिक्षा, कहिले रिलिज हुँदैछ ?

१५ माघ २०८०

१५ माघ, एजेन्सी ।
बलिउड गत वर्ष कमाईको हिसाबले बक्स अफिस शानदार रह्यो। बलिउडका धेरै फिल्महरु यसरी हिट भए कि साउथका फिल्महरुले उनीहरुको अगाडि केहि खास गर्न सकेनन् । प्रभासको ‘सलार’ र रजनीकान्तको ‘जेलर’ जस्ता केही फिल्महरू बाहेक दक्षिण भारतका ठूला फिल्महरूले दर्शकलाई तान्न सकेनन्।

अब यही लामो अन्तरालपछि अल्लु अर्जुन ‘पुष्पा’को अर्को संस्करण ‘पुष्पा २’ लिएर फेरि एकपटक तूफान मच्चाउने योजनामा छन् । अल्लुको फिल्मको पोस्टर सार्वजनिक भइसकेको छ । तर यो फिल्मसँगै बलिउडको शक्तिशाली फिल्म पनि प्रतिस्पर्धा गर्न तयार भएको छ ।

अल्लु अर्जुन अभिनित चलचित्र ‘पुष्पा २ः द रुल’ सन् २०२४ को बहुप्रतिक्षित चलचित्र मध्ये एक हो । अल्लुको यो फिल्म १५ अगस्ट २०२४ मा रिलिज हुँदैछ । फिल्म निर्माताले सोमबार डिजिटल प्लेटफर्ममा फिल्मको पोस्टर सार्वजनिक गर्दै सिनेमाको प्रदर्शन मिति सार्वजनिक गरेको हो ।

यस पोस्टरमा अल्लुको झनै उग्र शैली देख्न सकिन्छ । फिल्मको पोस्टरमा ‘२०० डेज टु गो’ लेखिएको देखिन्छ, जसको अर्थ रिलिज हुन २ सय दिन मात्र बाँकी छ । यो चलचित्रको निर्माण कार्य तिब्र गतिमा भईरहेको र निर्माण पक्षले सन् २०२४ को सबैभन्दा ठूलो हिट फिल्म बनाउने तयारी गरेको बताइएको छ ।

यो चलचित्रप्रतिको अपेक्षा पहिले नै धेरै रहेको र ‘पुष्पा’ देखि नै दर्शकमाझ चर्चा भइरहेको छ । यसअघि सन् २०२१ मा ‘पुष्पाः द राइज’को कीर्तिमानी सफलतापछि राष्ट्रिय पुरस्कार विजेता अल्लु अर्जुन मास्टर फिल्ममेकर सुकुमारद्वारा निर्देशित यो सिक्वेलका लागि चर्चामा छन् ।

यो सिक्वेल फिल्ममा रश्मिका मन्डन्ना र फहद फासिल पनि देखिनेछन् । यसका साथसाथै यही दिन रोहित शेट्टीको ‘सिंघम’ फ्रेन्चाइजी फिल्म ‘सिंघम ३’ रिलिज हुँदैछ । ’सिङ्घम’ फ्रेन्चाइजको तेस्रो संस्करण ’सिंघम अगेन’ घोषणा भएदेखि नै निकै चर्चामा छ।

यस फिल्ममा अजय देवगनका अलावा अक्षय कुमार, रणवीर सिंह, टाइगर श्राफ, दीपिका पादुकोण, करीना कपूर र विक्की कौशलको नाम पनि चर्चामा छ । अब बलिउडका यी ठूला स्टार र अल्लु अर्जुनबीचको प्रतिस्पर्धामा कसले जित्ला त्यो हेर्न भने २ सय दिन पर्खिनु पर्नेछ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top