Nepal Times
Nepal Times
3
Shares

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध परेको अवहेलना मुद्दा खारेजीको माग गर्दै सर्वोच्चमा अर्को निवेदन दर्ता

पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखविरुद्ध परेको अवहेलना मुद्दा खारेजीको माग गर्दै सर्वोच्चमा अर्को निवेदन दर्ता

१५ माघ, काठमाडौँ । सर्वोच्चमा दर्ता भएको अदालतको अवहेलना सम्बन्धी निवेदनको विरोधमा अर्को निवेदन दर्ता भएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अधिवक्ता राजाराम घिमिरे, धनजीत बस्नेत र लोचन भट्टराईको विरोधमा निवेदन दिएका हुन् ।

उनीहरूले पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्ध अदालतको अवहेलना निवेदन दर्ता गरेका थिए, यस्तै पूर्वसभामुख दमननाथ ढुंगानाको विरोधमा पनि अवहेलना मुद्दा दर्ता भएको थियो ।

प्रतिनिधिसभा विघटन विरुद्धको रिट निवेदक र त्यो विषयमा सार्वजनिक धारणा राखीरहेकाले आफू अवहेलनासम्बन्धी उजुरीको सरोकारवाला भएकाले सार्थक सरोकारवाला भएको त्रिपाठीको भनाइ छ ।

अवहेलनासम्बन्धी मुद्दाको सुनुवाइमा आफ्नो संलग्नताको माग समेत उनले गरेका छन् । चारजना पूर्वप्रधानन्यायाधीशद्वारा २४ पुसमा जारी विज्ञप्तिको विरोधमा अवहेलना मुद्दा दर्ता भएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.