×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पूर्वराजामाथि खनिए प्रसाईं, सरकारलाई पनि चेतावनी

१४ मंसिर २०८२

१३ मंसिर , काठमाण्डौ ।

पूर्वराजामाथि खनिए प्रसाईं, सरकारलाई पनि चेतावनी

मेडिकल व्यवसायी एवं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं गृहमन्त्रीलाई भेटेर आएपछि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि खनिएका छन् । साथै उनका समर्थक राजावादीप्रति पनि प्रसाइँले असन्तुष्टि पोखेका छन् ।

शुक्रबार गृहमन्त्रीसंग भएको भेटवार्ताबारे जानकारी दिन आज पत्रकार सम्मेलन गरेका उनले आफू राजसंस्था र हिन्दु राज्यको पक्षमा तीन वर्षदेखि लड्दै आए पनि पूर्वराजा निष्क्रिय बनेको र राजावादीहरूले पनि दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् ।

सोही कारण आन्दोलन निष्कर्षमा पुग्न नसकेको उनको गुनासो थियो । प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिकामाथि प्रश्न उठाए । आफूहरुजस्तै पूर्वराजा पनि सक्रिय हुनुपर्नेमा जोड दिए ।

उनले भने, ’राजाका मान्छे चार जना बाटोमा उफ्रिने, तर एउटा राजाको विज्ञप्ति पनि आउँदैन । राजा गएर दमकको चिया बगानमा घाम तापेर बस्ने?’ भन्दै प्रश्न गरे ।पृथ्वीनारायण शाहको उदाहरण दिँदै राजा आफैं पनि सक्रिय हुनुपर्ने तर्क प्रसाईँको छ ।

’हिजो पृथ्वीनारायण शाह पनि त हातमा खुकुरी लिएर निस्किएर पो राजा भएका हुन् त । राजाको पनि त केही न केही त हुनुपर्यो नि त, जोड हुनुपर्यो, घटाउ हुनुपर्यो, बल हुनुपर्यो,’ प्रसाईंले भने ।

प्रसाईंले विदेशमा बसेर सामाजिक सञ्जालमा क्रान्तिकारी बन्ने तर आन्दोलनलाई सहयोग नगर्ने राजावादीहरूप्रति समेत उनले व्यंग्य गरेका छन् । उनले विदेशमा ग्रिन कार्ड लिएर बस्ने र नेपालमा आन्दोलन चर्काउन उक्साउनेहरूलाई ’देश फर्केर आउन’ चुनौती दिए ।

प्रसाईंले राजसंस्था फर्काउने अन्तिम र सुरक्षित विकल्प ’जनमत संग्रह’ भएको बताउँदा राजावादीहरूले नै आफ्नो विरोध गरेकोमा आपत्ति जनाए । उनले भने, ’संसदबाट फ्याँकेको राजा संसदबाटै (दुई तिहाइले) ल्याउनुपर्छ, होइन भने लडाइँ गर्न सबै सडकमा निस्किनुप¥यो । कोही ननिस्किने, म एक्लैले बल गर्दा हुन्छ? अनि मैले जनमत संग्रहको कुरा गर्दा राजा छोडेको हुन्छ ?’

उनले राजावादीहरूलाई चुनौती दिँदै भने, ’त्यत्रो राजालाई मन पराएको छ भने, हिन्दु राष्ट्र चाहिएको छ भने, हालौँ न ब्यालेट बक्स । ड्याम–की–ड्याम ९५ पर्सेन्ट भोट हालेर ल्याउ न त राजालाई।’ प्रसाईंले आफू ३ वर्षदेखि राजा र हिन्दु धर्मको पक्षमा लडिरहेको, जेल बसेको तर अन्य राजावादी दल र नेताहरूले केही नगरेको दाबी गरे।

उनले भने, ’राजा ल्याउनको लागि लडेकै हो नि, जेल बसेकै हो त। कोही नगर्ने, अनि अहिले आएर विरोध गर्ने ?’ प्रसाईंले आफूले राजाको मुद्दा नछोडेको तर राजा र राजावादीहरूले पनि आन्दोलनलाई साथ दिनुपर्ने र निष्क्रिय भएर बस्न नहुने स्पष्ट पारे ।

उनले प्रधानमन्त्रीको टेबलसम्म राजसंस्था र हिन्दु राज्यको माग पु¥याउनु आफ्नो सफलता भएको समेत दाबी गरेका छन् । यता उनले सरकारलाई पनि चेतावनी दिएका छन् ।

प्रसाईंले सरकारसँग औपचारिक वार्ताको मिति तय भएको जानकारी दिन आज पत्रकार सम्मेलन गरेका हुन् । जसमा बोल्दै उनले शुक्रबार गृहमन्त्री ओम प्रकाश अर्यालसँग भएको संवादपछि आगामी मंसिर २२ गते प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्ने मिति तय भएको जानकारी दिए ।

प्रसाईंले आफूलाई गृहमन्त्रीले वार्ताका लागि बोलाएको र प्रधानमन्त्री पनि आफूले उठाएका मागप्रति सकारात्मक रहेको दाबी गरे। उनले भने, ’गृहमन्त्रीज्यूले बोलाउनुभयो, प्रधानमन्त्रीको तर्फबाट पनि मेरा मागहरू जनजीविकाका सवालमा महत्वपूर्ण छन् भन्ने सन्देश आएको छ। मेरो स्वास्थ्यमा केही समस्या देखिएकाले उपचार र विश्रामपछि २२ गते वार्तामा बस्ने सहमति भएको छ।’

आफूले उठाएका मागहरू आफ्नो व्यक्तिगत नभई देश, जनता र सर्वहारा वर्गको भएको भन्दै प्रसाईंले यी माग पूरा नभए पुनः कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले प्रधानमन्त्रीको टेबलसम्म आफ्ना माग पुग्नुलाई सकारात्मक रूपमा लिएको बताए ।

प्रसाईंले सरकारसमक्ष मुख्यतया आर्थिक, सामाजिक र राजनीतिक विषय समेटेर आफ्ना माग अघि सारेका छन् । यदि आफूहरुको माग पूरा नभए देशमा चुनाव हुन नसक्ने चेतावनी दिएका छन् ।

उनले भने, ’यी मागहरू पूरा भएनन् भने ८४ को चुनाव ८२ मा गराउने सपना नदेख्दा हुन्छ। माग पूरा नभए आन्दोलन रोकिँदैन।’ उनले आफू व्यक्तिगत रूपमा ब्ल्याकलिस्टमा नपरेको र आफ्नो ६० बिघा जग्गा तथा सम्पत्ति भएको बताउँदै गरिब र निमुखा जनताका लागि सडकमा आएको जिकिर गरे ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top