×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पूर्वराजालाई कठघरमा उभ्याउने को हो ? प्रसाईँलाई सुट गर्छु भन्ने को ?

२८ चैत्र २०८१

२९ चैत , विराटनगर ।

चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भयो । मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रदर्शनका ‘कमान्डर’ थिए । प्रदर्शनक्रममा प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भयो ।

प्रदर्शनकारीले एक निजी घरमा आगजनी गर्दा जलेर पत्रकार सुरेश रजकको ज्यान गयो । प्रहरीले प्रदर्शनलाई नियन्त्रणमा लिन १०० भन्दा बढी राउन्ड गोली चलाएको थियो । त्यस दिन प्रसाईं प्रहरीको ज्यान लिने शैलीमा गाडी कुदाएर फरार भए ।

भागेर प्रसाईंसहित उनका अंगरक्षक दिपक खड्का भारत पुगेका थिए । घटनाको १४ दिनपछि भारतमा लुकिरहेका प्रसाईं र उनका अंगरक्षकलाई पक्राउ गरी नेपाल ल्याइएको छ। प्रहरी अनुसन्धानको घेरामा रहेका उनीहरूमाथि अदालतले १२ दिनको म्याद दिएको छ।

राजधानीमा भड्किएको त्यो दिनको आगो अहिले अनुसन्धानको टेबलमाथि आइपुगेको छ । जसले अब अनेक राजनीतिक, कानुनी र सामाजिक तहमा बहसको ढोका खोलेको छ।
प्रसाई पक्राउ परेपछि गणतन्त्रवादीहरु अब थप एक कदम अघि बढ्ने तयारीमा जुटेका छन् ।

प्रसाईँलाई हत्कडी लगाईँसकेपछि अब उनीहरु पूर्वराजा ज्ञानेन्द्रलाई कानूनी कठघरामा उभ्याउने तयारीमा जुटेका छन् । यसको खुलासा प्रमुख सत्तारुढ दल नेकपा एमालेका प्रमुख सचेतक महेश वर्ताैला र नेपाली कांग्रेसका सांसद जीवन परियारले नै गरेका छन् ।

उनीहरुले तीनकुने घटनाबारे पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसद्मा बोलाउने प्रस्ताव गरेका छन् । ज्ञानेन्द्र जवाफदेही हुनुपर्ने भन्दै उनीहरुले जवाफ लिनेगरी संसदीय समितिमा बोलाउनुपर्ने बताएका हुन् । कांग्रेस सांसद जीवन परियारले कानुन, न्याय तथा मानव अधिकार समितिमै बोलाएर घटनाबारे सोधपुछ गर्नुपर्ने बताए ।

‘पूर्वराजा ज्ञानेन्द्रलाई समितिमै भएपनि बोलाएर घटनाबारे सोधपुछ गरौं,’ उनले प्रस्ताव गरेका छन् । पूर्वराजा ज्ञानेन्द्र आम नागरिक सरह रहेको बताउँदै उनले भनेका छन्, ‘उनलाई पनि नागरिकलाई जति अधिकार हो त्यति अधिकार छ । लोकतन्त्रमाथि धावा बोल्ने र अराजकता मच्चाउने अधिकार कसैलाई छैन ।’

एमाले, माओवादी, एकीकृत समाजवादीका सांसदहरूले पनि तीनकुने घटनाबारे पुर्वराजा ज्ञानेन्द्र शाहलाई जवाफदेही बनाउनुपर्ने माग राखेका छन् । समितिको बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति समेतको पृष्ठभुमिमा तीनकुने घटना भएको जिकिर गरे ।

‘त्यो घटनाको अनुसन्धान प्रक्रियामा पूर्वराजालाई पनि कहीँ न कहीँ जवाफदेहितामा ल्याइनुपर्छ,’ बर्तौलाले भने, ‘उहाँलाई पनि प्रश्नको दायरामा, जवाफदेहिताको दायरामा ल्याउनुपर्छ ।’
बैठकमा नेपाली कांग्रेसकी सांसद नागिना यादवले भने चैत १५ गतेको राजावादीको हिंस्रक प्रदर्शनका कमान्डरलाई सुट गर्ने आदेश नदिएको भन्दै गृहमन्त्रीको आलोचना गरेकी छन्। समितिमा बोल्दै सांसद यादवले प्रहरीलाई किच्ने गरी गाडी कुदाएका प्रसाईँबारे भनिन्, ’म मन्त्री भएको भए सुट गर्ने आदेश दिन्थेँ। कडाभन्दा कडा कारबाही गर्नुपर्छ।’

सत्तारुढ दलका सांसदहरु प्रसाई र पूर्वराजाविरुद्ध आक्रमक रुपमा प्रस्तुत भइरहदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदले भने तीनकुनेमा भएको हिंसात्मक घटनाको सम्पूर्ण जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने बताएका छन् ।

समितिको बैठकमा राप्रपाका सांसद ध्रुव बहादुर प्रधानले तीनकुनेको घटना सरकारले नै नियोजित रुपमा गराएको आरोप लगाए । ‘उत्तेजित गराउने काम सरकारले गर्यो । हाम्रो बुझाइ– त्यो घटना नियोजित रुपमा गरेको छ,’ सांसद प्रधानले भने, ‘मैले आरोप लगाएँ– प्रधानमन्त्री चुक्नुभएको छ । उक्साहटको काम उहाँले गर्नुभएको छ ।’

राप्रपा सांसद प्रधानले प्रहरीले तीनकुनेको मञ्चमा टियर ग्यास हानेर प्रदर्शनकारीलाई उत्तेजित बनाएको र अप्रिय घटना भएको जिकिर गरे । ‘राजावादी र गणतन्त्रवादी भनेर कम्पेयर गर्न खोजियो । यो ठिक र त्यो बेठीक भन्न खोजियो ।प्रधानमन्त्रीले शान्त भनेको सभामा टियर ग्यास हानिएको थियो भने शान्त हुन्थ्यो ?’ प्रधानले प्रश्न गरेका छन् ।

पृष्ठभूमि ख्याल नगरी घटनाको वास्तविकता बुझ्न नसकिने उल्लेख गर्दै उनले थपे, ‘राष्ट्रियगान बज्दै गर्दा टियर ग्यास हानिएको छ । अन्तिमसम्म ७÷८ सय टियर ग्यास हानियो । यसले देखाउँछ– उत्तेजित गराउने काम सरकारले नै ग¥यो ।’

उनले थपे, ‘त्यो दिन चेन अफ कमान्ड ब्रेक भएको छ । नेतृत्वको हिसाबले प्रधानमन्त्रीले सम्पूर्ण जिम्मेवारी लिनुपर्छ ।’ तीनकुने घटनाको निश्पक्ष छानबिन गरेर सही निचोडमा पुग्न न्यायीक आयोग गठन गर्नुपर्ने उनले बताए ।

आफूहरुले सरकार र प्रधानमन्त्रीलाई जिम्मेवार देखेको तर सरकारले अस्विकार गरिरहेको अवस्थामा न्यायीक आयोग बनाइनु उपयुक्त हुने उनको राय छ । बैठकमा उपस्थित भएका गृहमन्त्री रमेश लेखकले भने तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनलाई संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयासको रुपमा ब्याख्या गरे ।

उनले भने, ‘त्यो संविधान च्यात्ने, व्यवस्था मास्ने प्रयास थियो ।’ संसदीय समितिमा घटनाको विवरण सुनाउँदै गृहमन्त्री लेखकले वर्तमान संविधान र लोकतान्त्रिक व्यवस्थामा आफ्ना असन्तुष्टि राख्न सकिने बताए । तर लोकतन्त्रको विकल्प पछाडि फर्किने व्यवस्था हुन नसक्ने उनले बताए ।

तीनकुने घटनाबारे जानकारी गराउनेक्रममा लेखकले घरमा आगो लगाएर, जिउँदै मान्छे पोलेर हिन्दूराष्ट्र आउँछ? भन्ने प्रश्न उनले गरे । उनले हिन्दू धर्मले मान्छेका घरमा आगो लगाउने, आगो लगाएर मान्छे मार्ने कामलाई प्रोत्साहन नगर्ने पनि बताए।

उनले भने, ’मान्छेलाई घरभित्र आगो लगाएर मारिएको छ। मान्छेका घरमा आगो लगाइएको छ । यसरी हिन्दूराष्ट्र आउँछ? हिन्दू धर्मले यही भन्छ?’ उनले भने , आयोजक थाहा छ, त्यहाँ भाषण् गरेर कसले के बोल्यो त्यो पनि थाहा छ । क–कसले के–के उदण्डता गरे थाहा छ । यो त अपराधिक गतिविधि हो नि ।

यसमा सरकारले राज्यका प्रचलित कानूनअनुसार कारबाही अगाडि बढाएको छ । सरकारको रेगुलर क्रिमिनल जस्टिस सिस्टमले यसमा काम गर्छ । छानविन निश्पक्ष हुन्छ, स्वतन्त्र हुन्छ । कुनैपनि आग्रह र पूर्वाग्रह प्रेरित हुँदैन । एक एक जना मानिसले गरेका कामहरुमा गम्भिरतापूर्वक अनुसन्धान गरेर निष्कर्षमा पुग्छौं ।

जो मान्छे दोषि हुन्छ उसका माथि कानूनी कारबही हुन्छ, जो मान्छे दोािष हुदैन उसलाई कारबाही हुँदैन । केही मान्छेहरु प्रक्राउ पर्नु भएको छ । पक्राउ पर्ने क्रम जारी छ । र अनुसन्धान जारी छ । पक्राउ पर्ने क्रम पनि निरन्तर अगाडि जान सक्छ । को को मान्छेको भूमिका देखिन्छ । त्यही ढंगले अनुसन्धान हुन्छ, कानूनी कारबाही हुन्छ ।’

उनले लोकतान्त्रिक व्यवस्थामा आगो लगाएर निरङ्कशताको खोजि गर्नु कुनैपनि हिसावले उचित नहुने बताए । जनतामा गएर आफ्नो कुरा राखेर निर्वाचित हुने अधिकार संविधानले सबैलाई दिएको भन्दै पूर्व राजालाई पनि निर्वाचनमा जान उनले सुझाए । उनले भने, हामी त जनताबाट निर्वाचित भएर आएका मानिसहरु हौं । फेरि ०८४ मा जानु छ । जनताले पठाएको बेला आउने हो । नपठाएको बेला आउने होइन नि ।’

चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको प्रदर्शन हिंस्रक बनेको थियो। उक्त प्रदर्शनमा निजी तथा सरकारी संरचनामा तोडफोड र आगजानी गरिएको थियो। प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान पनि गएको थियो। राजावादीले निजी घरमा लगाउँदा पत्रकार सुरेश रजकको जलेर मृत्यु भएको थियो।

यही घटनामा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री भवल शमशेर जबरा प्रहरी हिरासतमा छन् । प्रसाई पनि आज पक्राउ परेका छन् । उनीहरुलाई संगठित अपराध, आपराधिक उपद्रव र राज्यविरुद्धको कसुरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ। राजसंस्था पुर्नस्थापना समितिका संयोजक नवराज सुवेदी घरमै नजरबन्दमा छन् ।

सरकारले तीनकुने घटनामा जोडिएको भन्दै खोजी खोजी पक्राउ गरिरहेको छ । अब दलहरुको ध्यान पूर्वराजा ज्ञानेन्द्रतर्फ मोडिएको छ । यसअघि नै बसेको राप्रपा र रास्वपाबाहेकको सर्वदलीय बैठकले तीनकुने घटनाको जिम्मा पूर्वराजाले लिनुपर्ने निष्कर्ष निकालेको थियो ।

तर राप्रपासहित राजावादीहरुले राज्यपक्षले नै तीनकुनेको सभा विथोलेको र अत्याधिक बल प्रयोग गरेको भन्दै न्यायिक छानविनको माग गरिरहेका छन् । सरकारले यसको औचित्य नै नरहेको बताएपछि उनीहरुले नागरिक स्तरको छानविन समिति गठन गरेका छन् ।

सत्तारुढ दलकै नेताहरुले पूर्वराजालाई पक्राउ गर्नुपर्ने समेत माग गर्दै आएका छन् । तर राप्रपासहित राजावादीहरुले उनलाई पक्राउ गरेर देखाउन चुनौती दिँदै आएका छन् । उनीहरु राजा फर्काउने अभियानमा छन् । सरकारले तीनकुने घटनापछि ज्ञानेन्द्रको सुरक्षामा खटिएको टोली परिवर्तन गर्दै केही घटाएपनि थप अन्य केही कदम चालेको छैन् ।

तर अब प्रसाई पक्राउ गरेपछि भने गणतन्त्रवादीहरुले ध्यान ज्ञानेन्द्रतर्फ मोडिएको छ । तीनकुने घटनाले नेपाली राजनीति झन् ध्रुवीकृत बनाइदिएको छ। एकातर्फ गणतन्त्रका पक्षधरहरू पूर्वराजालाई नै मुख्य योजनाकारका रूपमा चित्रित गर्दै कारबाहीको माग गरिरहेका छन् भने अर्कातर्फ राजावादी शक्तिहरू ज्ञानेन्द्रप्रति बढ्दो आक्रोशलाई सत्ता संरक्षित प्रतिशोधका रूपमा व्याख्या गरिरहेका छन्।

प्रसाईंको गिरफ्तारीले यो बहसमा नयाँ ऊर्जा थपेको छ ।अब सबैको केन्द्रमा एकजना व्यक्ति छन्, जसलाई इतिहासले पहिले पनि निर्णायक मोडमा उभ्याइसकेको थियो । उनी हुन् पूर्वराजा ज्ञानेन्द्र।

सुरक्षा व्यवस्थामा भएको सानो फेरबदल र सत्तापक्षको दबाब र राजावादीको उत्तेजित चुनौतीबीच सरकारको कूटनीतिक मौनताले मुलुक एक पटक फेरि राजनीतिक सन्तुलनको नाजुक डोरीमा झुन्डिरहेको छ। यो डोरी कतिखेर चुँडिन्छ वा फेरि कसरी गाँसिन्छ ? त्यो अबको निर्णय, कदम र सावधानीमा भर पर्नेछ। यसबारे तपाईका टिप्पणी अवश्य ब्यक्त गर्नुहोला ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top