Nepal Times
Nepal Times
3
Shares

पूर्वराजा ज्ञानेन्द्रले जिते कोरोना,कोमललाई आइसीयूबाट वार्डमा सारियो

पूर्वराजा ज्ञानेन्द्रले जिते कोरोना,कोमललाई आइसीयूबाट वार्डमा सारियो

२८ बैशाख, काठमाडौं । काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह कोरोना संक्रमणमुक्त भएका छन् । नर्भिक अस्पतालमा उपचाररत पूर्वराजा शाहको कोरोना रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।

स्वाब रिपोर्ट नेगेटिभ आएपछि लगातार अक्सिजनकै सपोर्टमा उपचार गराइरहेका पूर्वराजा शाहलाई अक्सिजन दिन छाडिएको छ ।

यस्तै, सोही अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहलाई आइसीयूबाट वार्डमा सारिएको छ । स्वास्थ्यमा सुधार भएपछि केही दिनअघिदेखि नै आइसीयूबाट वार्डमा सारेर उपचार जारी राखिएको अस्पतालले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

१८ दिनअघि अस्पताल भर्ना भएकी उनलाई केहीदिनपछि प्लाज्मा थेरापी विधिबाट उपचार थालिएको थियो ।

यता, पूर्व अधिराजकुमारी प्रेरणा शाहको कोरोना रिपोर्ट यसअघि नै नेगेटिभ आइसकेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.