×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पूर्वराजा फर्किदा काठमाडौंमा हाई अलर्ट

२५ फाल्गुन २०८१

२५ फागुन , काठमाण्डौ ।

संघीय राजधानी काठमाडांैमा आज राजावादीहरुले शक्ति प्रदर्शन गर्दैछन् । यद्यपि उनीहरुले योे केबल पोखराबाट फर्किदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि भनेका छन् । तर राजावादीहरुले प्रदर्शनको तयारी गरेपछि अहिले काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

पूर्वराजा शाह आज दिउँसो पोखराबाट काठमाडौँ फर्किंदै छन् । एकसाता लामो पोखरा बसाइपछि दिउँसो करिब साढे ३ बजे काठमाडौँ फर्किन लागेका पूर्वराजाको स्वागतमा राजावादी दल र समूहहरुले आज दिउँसो काठमाडौँमा प्रदर्शनको तयारी गरेका हुन् ।

गृहमन्त्रालयले १० हजार मानिस काठमाडौंमा उत्रिन सक्ने अनुमान गरेको छ । एयरपोर्ट गेटदेखि निर्मल निवाससम्म पूर्व राजाको स्वागतमा प्रदर्शन गर्ने तयारी राप्रपासहितका दल र समूहहरुले गरेका हुन् । उनीहरुको प्रदर्शनलाई उच्छृंखल हुन नदिन काठमाडौँका मुख्य चोकमा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएर उच्च सतर्कता अपनाइएको छ ।

प्रर्दशनलाई मध्यनजर राख्दै एयरपोर्टको गोल्डेन गेटदेखि भित्र प्रवेश गर्न कडाइ गरिएको छ । नेपाल प्रहरीका एक हजारभन्दा धेरै सुरक्षाकर्मी सडकमा परिचालन हुने बताइएको छ। त्यहीअनुसार सशस्त्र प्रहरी पनि परिचालित हुने प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिएका छन् ।

आज दिउँसो राजावादी समूहले काठमाडौँका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटदेखि गौशाला चोकसम्म भेला भएर पूर्व राजाको स्वागत गर्ने तयारी गरेका छन् ।

राजावादी समूहहरुले प्रदर्शनको तयारी गरेपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठकसमेत बसेको थियो । सुरक्षा समितिको निर्णय अनुसार आज बिहानैबाट काठमाडौँका सम्वेदनशील क्षेत्रमा सुरक्षाकर्मीको तैनाथी बढाइएको हो ।

कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादाविपरीतका कार्य हुन नदिन सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले बताएको छ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगञ्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।

गृह मन्त्रालयले यसअघि १० हजार जनासम्म मानिसहरू सडकमा आउन सक्ने आकलन गर्दै सोही अनुसार सुरक्षा व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिएको थियो । उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको हो ।

आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले भिडभाड र जुलुस अनियन्त्रित हुनसक्ने विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति बनाइएको बताएको छ । जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएको प्रहरीले भनेको छ ।

सुरक्षा प्रबन्धका लागि ‘आवश्यक मात्रा’मा सुरक्षाकर्मी परिचालन गर्ने बताइएको छ । आवश्यक परे चारवटै सुरक्षा निकाय परिचालित गर्ने तयारी छ । सुरक्षा समितिको सोही निर्णय अनुसार आज बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहितका र सादा पोशाकका गुप्तचर टोली परिचालित छन् ।

राप्रपा र राप्रपा नेपालसहित अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पनि पूर्वराजा शाहको स्वागतमा सडकमा उत्रिने तयारीमा छन् ।

उनीहरुले काठमाडौं उपत्यका आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उतारेका छन् । उनीहरुलाई राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित उपस्थित हुन भनिएको छ ।

राप्रपाबाट स्वागतको चाँजोपाँजो सांसद ज्ञानेन्द्र शाहीले मिलाएका छन् । उनका अनुसार काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरुको ¥याली तिनकुनेमा जम्मा हुने छ । त्यहाँबाट ¥याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

यसैगरी गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरु महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला हुनेछन् । त्यहाँबाट ¥याली विमानस्थलतर्फ अगाडि बढ्ने छ ।

यसैगरी अन्य समूहहरुले जावलाखेल, चापागाउँ, च्यासल, इमाडोल कृष्णमन्दिर लगायतका स्थानबाट पनि ¥याली निकाल्ने तयारी गरेका छन् । सबै समूह विमानस्थल अगाडिको गेटमा भेला भएर नारा जुलुससहित ज्ञानेन्द्र शाहलाई निर्मल निवासम्म पु¥याउन जाने छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह करिब १ महिनाको पोखरा बसाइपछि आइतबार काठमाडौँ फर्कन लागेका हुने । माघ २७ गते पोखरा उत्रिएका उनले पोखरा र आसपासका शक्तिपीठहरुमा समय बिताए । शाह १ साताजति रुपाकोट रिसोर्ट बसे भने बाँकी समय माउन्ट ग्लोरी रिसोर्टमा बसेका हुन् ।

यसबीचमा उनले पोखराको विन्ध्यवासिनी मन्दिर, बागलुङ कालिका, गलेश्वरधाम, पोखराकै केदारेश्वर मन्दिरको दर्शन र पूजाअर्चना गरेका छन् । यसैगरी कुल मन्दिर आलमदेवीमा पनि उनले पूजा गरे ।

पोखराकै वीरेन्द्रचोकमा डेढ वर्षअघि निर्माण गरिएको पूर्वराजा विरेन्द्रको सालिक उनले अनावरण गरे । पोखरा बसाइका क्रममा निकटस्थहरूसँग उनको संवाद भएको बताइएको छ । यसैबिच शनिवार उनले शुभेच्छुकहरूलाई बिदाइ भोज दिएका छन् ।

माउन्ट ग्लोरीमै उनले भोज दिएका हुन् । भोजमा पोखरा र यस आसपासका धार्मिक संघ संस्थाका प्रतिनिधिहरूका साथै राजावादीहरुको उपस्थिति रहेको थियो । यसबीच पूर्वराजा ज्ञानेन्द्र शाह विभिन्न कार्यक्रममा सहभागी भइरहँदा र राजावादीहरूले सक्रियता बढाउँदै गर्दा मुख्य दलहरू सशङ्कित भएका छन् ।

सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्ष नेकपा (माओवादी केन्द्र) ले अराजक गतिविधि गरेमा प्रतिवाद गर्ने चेतावनी दिँदै पूर्वराजालाई संवैधानिक दायराभित्र रहन आग्रह गरेका छन् ।

विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराजाले जबरजस्ती गर्न खोजे सह्य नहुने चेतावनी दिएका हुन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top