×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पूर्व बजेट छलफल शुरु

२७ बैशाख २०७५

काठमाडौँ, २७ वैशाख ः राष्ट्रियसभामा आव २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल शुरु भएको छ ।

अर्थमन्त्री डा युवाराज खतिवडाले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल गरियोस् भनी बुधबारको बैठकमा प्रस्तुत गरेका थिए ।

उक्त प्रस्तावमाथिको छलफलमा पहिलो वक्ताका रुपमा बलरामप्रसाद बास्कोटाले अर्थमन्त्रीले प्रस्तुत गरेको प्रस्तावमा समृद्ध नेपाल र सुखी नेपालको लक्ष्य प्राप्त गर्ने मार्गचित्र सकारात्मक रहेको बताए ।

सांसद राधेश्याम अघिकारीले अर्थमन्त्रीले प्रस्तुत गरेको स्वेतपत्रले आँकलन गरेजस्तो मुलुकको आर्थिक अवस्था नरहेको टिप्पणी गरे ।

उनले भने, “शिक्षामा बजेट घटेको छ, उच्च शिक्षा र अनुसन्धानको विषयमा विनियोजन विधेयकले छोएको छैन, सामुदायिक विद्यालयको गुणस्तर कायम गर्ने विषय छोइएको छैन, सुनकोशी कमला डायभर्सनका लागि बजेट ल्याइनुप¥यो, मानव संशाधनबारे अर्थमन्त्रीको स्पष्ट धारणा आउन आवश्यक रहेको छ ।”

सांसद जीवन बुढाले आर्थिक र समृद्धिका आधारले मूलभूत रुपमा बजेटका प्राथमिकताप्रति सहमत भए पनि दुर्गम र सुगमका लागि एउटै बास्केटमा हाल्ने प्रवृत्ति गलत छ भने ।

उनले भने, “पहाड र दुर्गम क्षेत्रका नागरिकले बजेट र प्राथमिकता हेर्न तराई र शहरमा आउनु पर्ने अवस्था अन्त्य हुनुपर्छ, दुर्गम क्षेत्रका लागि आँकलन गरेको बजेट निकै थोरै भएको हुनाले वृद्धि गर्न आवश्यक छ ।

सांसद रामप्रित पासवानले समाजवादी अर्थतन्त्रको खोलभित्र पूँजीवादी अर्थतन्त्रको परिकल्पना गर्नु नै त्रुटि रहेको बताउँदै वर्गीय र जातीय विभेदको समस्या समाधान नगरिकन विकास सम्भव नभएकाले विभेद र कुरीति निरुत्साहित गर्ने बजेट ल्याउन सुझाव दिए।

उनले बाढीपीडितको समस्यालाई सम्बोधन गर्ने विषय बजेटमा समेटिन आवश्यक रहेको बताउँदै प्राविधिक तथा स्वरोजगार शिक्षाका लागि पर्याप्त बजेट विनियोजन गर्न सुझाव दिए ।

राष्ट्रियसभाको बैठक जारी रहेको छ ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top