Nepal Times
Nepal Times
3
Shares

विमला वलीले दिइन् शंकर पोखरेलविरुद्ध अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी

विमला वलीले दिइन् शंकर पोखरेलविरुद्ध अपहरण तथा शरीर बन्धकको किटानी जाहेरी

३० भदौ, रुपन्देही ।

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलका विरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी परेको छ ।

प्रदेश सभा सदस्य बिमला वली खत्रीले पोखरेल सहित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावत विरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै किटानी जाहेरी दिएका हुन् ।

गत साउन १५ गते देखि ५ दिन सम्म पोखरेल मुख्यमन्त्री हुँदा दाङबाट ल्याएर बन्धक बनाएकोले शरीर बन्धकसम्बन्धी कानुन अनुसार कारबाहीको माग गर्दै वली खत्रीले किटानी जाहेरी दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सत्यनारायण थापाले प्रदेश सभा सदस्य ओलीले किटानी जाहेरीका लागि पत्र बुझाउनु भएको पुष्टि गरेका छन् । तर प्रहरीले भने घटना दाङबाट सुरु भएकाले दाङमै जाहेरी दर्ता गर्ने प्रतिबद्धता सहितको पत्र दिइएको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरले बताए ।

तर, दाङ प्रहरीले भने उजुरी आइनसकेको बताएको छ । सांसद ओली र माओवादी केन्द्रका प्रमुख सचेतक बसन्त घर्तिमगर जाहेरी लिएर इलाका प्रहरी कार्यालय बुटवल पुग्नु भएको थियो ।

उजुरी अनुसार कसुर ठहर भएमा पोखरेल सहित ४ जनालाई ७ देखि १० वर्ष कैद र ७० हजार देखि १ लाख रुपैयाँ सम्म जरिबाना हुने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.