Nepal Times
Nepal Times
3
Shares

पृथ्वीसुब्बा गुरुङले भने – गलत बाटोमा हिँड्नुभयो भने हाम्रो झगडा पर्छ

पृथ्वीसुब्बा गुरुङले भने – गलत बाटोमा हिँड्नुभयो भने हाम्रो झगडा पर्छ

४ असार, पोखरा ।

गण्डकी प्रदेशका प्रमुख प्रतिपक्षी दल एमालेका नेता एवं निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई विश्वासको मत दिन नसकिने बताएका छन् ।

शुक्रबार विश्वासको मत लिने प्रस्तावमाथि प्रदेशसभामा भएको छलफलमा भाग लिँदै गुरुङले सो कुरा बताएका हुन् । उनले सफल कार्यकालको शुभकामना भने दिएका छन् ।

उनले संघीयतालाई बलियो बनाउन डटेर लागे प्रदेश सरकारलाई सहयोग गर्ने बताए । ‘भोलि केन्द्रमा तपाईंहरुको सरकार बन्न सक्छ, त्यो बेला पनि संघीयतालाई बलियो बनाउन आवाज उठाउन सक्नुपर्छ, संघीयतालाई बलियो बनाउन यो सरकार डटेर लाग्छ भने एमाले हरहमेसा सहयोग गर्न तयार छ ।’ गुरुङले भने ।

उनले अन्यथा प्रदेश सरकारलाई आफूहरूले खबरदारी गर्ने बताए । ‘निरपेक्ष समर्थन वा निरपेक्ष विरोधको पक्षमा हामी छैनौं । सरकारले जनताको पक्षमा काम गरोस् हामी साथमा छौं । तर, गलत बाटोमा हिड्नुभयो भने हाम्रो झगडा पर्छ’, गुरुङले भने । गुरुङले मुख्यमन्त्री पोखरेललाई प्रदेशसभामा भएका ५९ सदस्यमध्ये सबभन्दा परिपक्क र सालिन नेतृत्व भन्दै प्रशंसासमेत गरे ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.