Nepal Times
Nepal Times
3
Shares

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

६ माघ, काठमाडौँ । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा बढेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रूपैयाँ मूल्यवृद्धि गरेको थियो ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन्।

तर नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएर आएकोले स्वचालित मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थमा मूल्य बढाइएको बताएको छ।

मूल्य वृद्धि गरे पनि अर्धमासिक रूपमा निगमलाई ४९ करोड नोक्सान हुने अनुमान गरेको छ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.