Nepal Times
Nepal Times
3
Shares

पेट्रोल पम्पमा ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी

पेट्रोल पम्पमा ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा आगलागी

४ कात्तिक, बुटवल ।

रुपन्देहीको सिद्धार्थ नगरपालिका–८ अन्चरलपुरमा रहेको एभरेष्ट पेट्रोल पम्पमा पेट्रोल खन्याउने क्रममा साेमबार साँझ आगलागी भएको छ । लु २ ख १५४१ नम्बरको ट्यांकरबाट पेट्रोल खन्याउने क्रममा साँझ करिब साढे ७ बजेतिर आगलागी भएको रुपन्देही प्रहरीका प्रवक्ता एवं डिएसपी खड्कबहादुर खत्रीले बताए ।

आगलागीबाट ट्यांकर पूर्णरुपमा नष्ट भएको र ट्यांकरमा रहेको ३० हजार लिटर डिजल पनि नष्ट भएको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।आगलागी भएलगत्तै सुरक्षाकर्मी नियन्त्रणका लागि खटेका थिए । आगोलाई बुटवल उपमहानगर, सिद्धार्थ नगरपालिका र लुम्बिनी सांस्कृतिक नगपालिकाबाट आएको दमकलले नियन्त्रणमा लिएको छ ।

समयमै सूचना भएकाले थप क्षति हुन नपाएको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी खत्रीले बताए । आगलागीबाट इन्धन खन्याउने मेशिन अपरेटर नारायण खनालको हात खुट्टा पोलेर सामान्य घाइते भएका उनले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.