Nepal Times
Nepal Times
3
Shares

पोखरामा कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु

पोखरामा कोरोना संक्रमित ६२ वर्षीय पुरुषको मृत्यु

२५ साउन, पोखरा।
पोखरामा कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ७४ पुगेको छ ।

डायबिटिजबाट पीडित उनलाई यही साउन १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको आईसीयूमा राखेर उनको उपचार हुँदै आएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले बताए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमितको मृत्यु भएको यो तेस्रो घटना हो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.