Nepal Times
Nepal Times
3
Shares

पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने विद्यार्थी पक्राउ

पोखरामा प्रधानमन्त्रीलाई कालो झण्डा देखाउन खोज्ने विद्यार्थी पक्राउ

१२ फागुन, कास्की । प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरामा कालो झण्डा देखाउन खोज्ने विद्यार्थी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सभागृह गेटमा नाराबाजी गरिरहेका समाजवादी विद्यार्थी युनियनका उपाध्यक्ष नेत्र चापागाईं, रेशम सापकोटा लगायत चार जना रहेका छन् ।

सोमबार पोखरा सभागृहमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओली आउने समयमा कालो झण्डा देखाउने तयारी गरिरहेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

समाजवादी निकट विद्यार्थी समूहले पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण, यती समूहलाई सार्वजनिक जग्गा उपलब्ध, भष्ट्राचारमा लिप्तलगायतका आरोप लगाउँदै नाराबाजी गरेका थिए ।  पोखरा सभागृहमा सोमबार र मङ्गलबार प्रशिक्षण र बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री ओली लगायतका नेता पोखरा गएका हुन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.