Nepal Times
Nepal Times
3
Shares

पोखरा-बाग्लुङ सडकखण्डमा पहिरो, बाटो बन्द

पोखरा-बाग्लुङ सडकखण्डमा पहिरो, बाटो बन्द

१५ जेठ, पर्वत ।

पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बाग्लुङ सडकखण्ड बन्द भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गएरातिदेखि नै बाटो बन्द भएको हो ।

निरन्तर पहिरो झरिरहेकाले हटाउने कामसमेत प्रभावित भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक विश्वराज अधिकारीले बताए ।

पानी नरोकिएकाले निरन्तर लेदो झरिरहेका कारण समस्या भएको र बाटो खुलाउन तयारी भइरहेको पनि उनले जानकारी दिए । एम्बुलेन्स र ढुवानीका गाडी गुड्न सकेका छैनन् ।

बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका ठाउँबाट थप उपचारका लागि पोखरा लैजानुपर्ने बिरामी तथा अत्यावश्यक कामका लागि आवतजावत गर्नेहरु मर्कामा परेका छन् । ती गाडीहरु पर्वतको नयाँ पुलमा अलपत्र छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.