×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पोखरा विमानस्थलमा आयल डिपो बनाउन भारतीय बोलाउनुपर्ने

१३ फाल्गुन २०७७

१३ फागुन, काठमाडाैँ ।

सांसदहरुले अन्तरमन्त्रालय समन्वयको अभावमा विकास निर्माणका कामहरु रोक्न नहुने बताएका छन् । राष्ट्रिय सभा दिगो विकास तथा सुशासन समितिको बिहीबारको बैठकमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याहरुको सम्बन्धमा सरोकारवालाहरुसँग छलफल गर्ने क्रममा सांसदहरुले मन्त्रालयहरुबीच समन्वय नहुँदा विकासका कामहरु प्रभावित हुने गरेको बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद दीनानाथ शर्माले विकास निर्माणका काममा विभिन्न मन्त्रालय र वन मन्त्रालयबीच झगडा परिरहने स्थितिको अन्त्य हुनुपर्ने बताए । मन्त्रालयबीच समन्वय नहुँदा विकासका काम रोकिने गरेको उल्लेख गर्दै अन्तरमन्त्रालय समन्वय गरी स्वीकृत योजना निर्माण गरेर सञ्चालन गर्नुपर्ने बताए । अन्तरमन्त्रालय समन्वय हुन नसकेर आयोजना रोकिने अवस्था आए सोही अनुसारको कानून निर्माण गरी विकास निर्माणलाई गति दिनुपर्ने बताए। नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पनि योजना बनाउँदा मन्त्रालयहरुबीच समन्वय हुनुपर्ने बताए

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य अन्तिम चरणमा पुगेको बताए। रिठेडाँडा कटान गर्ने कार्य वन तथा वातावारण मन्त्रालयबाट रुख कटान गर्ने स्वीकृति पाउने वित्तीकै शुरु गरिने बताउनुभयो । विमानस्थल भित्र नेपाल आयल निगमको डिपो सञ्चालन गर्ने कार्यको प्रक्रिया पनि शुरु भइसकेको र विमानस्थलले आवश्यक जग्गा उपलब्ध गराईसकेको बताए । ल्याण्डफिल्ड साइडको व्यवस्थापन पोखरा महानगरपालिकाले गर्ने भएकाले छलफल गरेर निकास दिन मन्त्रालय तयार रहेको पनि सचिव कोइरालाले बताए।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले कुनैपनि आयोजनाको आवश्यक कागजात नपु¥याई जवरजस्ती स्वीकृति माग्ने गरिएको बताए । कानूनले मागेको कागजात पुरा नगर्ने तर अनावश्यक दवाव र आरोप लगाउने प्रवृति रहेको बताए ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले विमानस्थलमा डिपो निर्माण गर्ने कार्य प्राविधिक विषय भएको र भण्डारण तथा सुरक्षाका विषयहरु अन्तर्राष्ट्रिय विषय भएकाले सोही अनुसार निर्माण गर्नुपर्ने बताए । नेपालमा त्यस सम्ब्न्धी विज्ञ व्यक्ति नभएकाले भारतीय आयल निगम र विदेशी विज्ञहरुको सहयोगमा डिपिआर तयार भइसकेको र आगामी साता भित्रमा टेण्डर प्रक्रियामा जाने बताए ।

बौठकमा सांसदहरुले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई गति दिन आग्रह गरेका थिए । विमानस्थल निर्माणसँग रिठेपानी डाँडा कटान, आयल निगमको डिपो सञ्चालन, ल्याण्डफिल्ड साइड, ढल निर्माण लगायतका विषयमा छलफल भएको थियो ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top