×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पोर्चुगलको जितमा रोनाल्डोको २ गोल

२२ भाद्र २०८२

२२ भदौ , काठमाण्डौ ।

क्रिस्टियानो रोनाल्डोले छैटौं विश्वकप खेल्ने लक्ष्यतर्फको यात्रालाई धमाकेदार रूपमा सुरु गरेका छन् । विश्व कप छनोटमा शनिवार आर्मेनियाविरुद्ध उनले दुई गोल गरेपछि पोर्चुगलले ५–० ले जित्यो । यो खेल पोर्चुगलका लागि भावुक पनि रह्यो । जुलाईमा सडक दुर्घटनामा आफ्ना फरवार्ड डियोगो जोटा र उनका दाजु आन्द्रे सिल्भाको निधनपछि पहिलो अन्तर्राष्ट्रिय खेल थियो ।

खेल सुरु हुनुअघि मौनधारण गरेर श्रद्धाञ्जली दिइयो । उनले २१ र ४६ औं मिनेटमा गोल गरेका थिए । दोस्रो गोल उनले करिब २५ मिटर टाढाबाट शक्तिशाली प्रहारमार्फत गरे, जसले उनको पुरानो प्रदर्शनलाई फेरि सम्झायो । यससँगै ४० वर्षीय स्ट्राइकरले अन्तर्राष्ट्रिय फुटबलमा पुरुषतर्फकै सर्वाधिक गोलकर्ता भएको आफ्नै कीर्तिमानलाई १४० गोलसम्म पु¥याए ।

करिअरको अन्तिम चरणतर्फ अघि बढिरहे पनि नयाँ कीर्तिमान बनाउने उनको उत्साह अझै कम भएको छैन भन्ने प्रमाण उनले फेरि प्रस्तुत गरे । खेलमा जोआओ फेलिक्सले २ र जोआओ कन्सेलोले अर्को गोल थपे । कन्सेलोले गोलको खुसियाली मनाउभदा जोटाको सम्झनामा आकाशतर्फ हात उठाए ।

फेलिक्सले १० औं र ६१ तथा कन्सेलोले ३२ औं मिनेटमा गोल गरेका थिए । प्रशिक्षक रोबर्टो मार्टिनेजले तयारी राम्रो भएको र मंगलबार हुने हंगेरीविरुद्धको खेललाई अर्को चुनौती रहेको बताए । उनले २१औं मिनेटमा रोनाल्डोले गरेको गोललाई जोटासँग जोड्दै भने– ‘२१ नम्बर उसको जर्सी नम्बर थियो, त्यसैले त्यो गोल उसलाई समर्पित भयो।’ रोनाल्डोले हालै साउदी क्लब अल नसरसँग नयाँ सम्झौता गरेका छन् ।

उनको कप्तानीमा जुनमा पोर्चुगलले नेसन्स लिग जितेको थियो । तर विश्वकप उपाधि भने अझै उनको अपूरो सपना बनेको छ । उनका प्रतिद्वन्द्वी लियोनल मेस्सीले सन् २०२२ मा अर्जेन्टिनाका लागि विश्व कप जितेका थिए । अमेरिका, क्यानडा र मेक्सिकोमा हुने आगामी विश्वकप सम्भवतः रोनाल्डोको अन्तिम मौका हुनेछ ।

त्यतिबेला उनको चिरप्रतिद्वन्द्वी लिओनल मेसी पनि छैटौं विश्वकप खेल्दै हुनेछन् । त्यस्तै, इंग्ल्यान्डले पनि आफ्नो छनोट यात्रामा शतप्रतिशत नतिजा कायम राखेको छ । विश्वकप छनोटमा इङ्ल्यान्डले अन्दोरालाई २–० ले हराउँदै मुख्य प्रशिक्षक थोमस टुचेलको नेतृत्वमा लगातार चौथो जित दर्ता गरेको हो ।

भिल्ला पार्कमा भएको खेलमा २५औं मिनेटमा अन्दोराका डिफेन्डर क्रिस्टियन गार्सियाले नोनि मादुएकेको क्रसलाई आत्मघाती गोलमा परिणत गरेपछि इङ्ल्यान्डले अग्रता लियो । ६७ औं मिनेटमा डेक्लान राइसले रिस जेम्सको क्रसलाई हेड गर्दै दोस्रो गोल गरे।

यसअघि अन्दोराका गोलकिपर इकर अल्भारेजले इलियट एन्डरसनको प्रयास रोकेर टोलीलाई खेलमा टिकाइरहेका थिए । नटिङ्घम फरेस्टका मिडफिल्डर एन्डरसनले टुचेलको प्रशिक्षणमा डेब्यू गरेका थिए र प्रभावशाली प्रदर्शन गरे । ‘ऊर्जा सही थियो, खेलपनि राम्रो थियो। तर, हामीले अझ धेरै गोल गर्नुपर्ने थियो,’ खेलपछि प्रशिक्षक टुचेलले भने ।

तर, इङ्ल्यान्डका सर्वकालीन शीर्ष गोलकर्ता ह्यारी केनले कीर्तिमान थप्न सकेनन् । सबैभन्दा ठूलो मौका पहिलो हाफमै आएको थियो, तर जेम्सको क्रसलाई खाली पोस्टमा गोल गर्न उनी असफल भए । समूह ‘के’ मा सर्बियाले लाट्भियालाई १–० ले हराउँदै दोस्रो स्थानमा उक्लिएको छ ।

अब मंगलबार इङ्ल्यान्डले सर्बियाविरुद्ध खेल्नेछ, जुन समूहको सबैभन्दा कठिन खेल मानिएको छ । टुचेलले भने,‘हामीलाई थाहा छ के आउँदैछ । यो निकै कठिन अवे खेल हो। तर, यसले छनोटमा ठूलो कदम चाल्न मद्दत गर्नेछ भन्ने कुरा हामी पूर्ण रूपमा सचेत छौं।’ इङ्ग्ल्याण्ड ९ अंकसहित समूह ‘के’ को शीर्ष स्थानमा छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top