Nepal Times
Nepal Times
3
Shares

पोर्चुगलसहित युरोपका ४ देशसंग सरकाले थाल्यो श्रम सम्झौताको पहल

पोर्चुगलसहित युरोपका ४ देशसंग सरकाले थाल्यो श्रम सम्झौताको पहल

२ माघ, विराटनगर ।
युरोपका चार देश रोमानिया, पोल्याण्ड, पोर्चुगल तथा सेसेल्ससँग नेपाल सरकारले श्रम सम्झौता गर्न पहल थालेको छ ।

व्यक्तिगत भिसामा नेपाली कामदार गइरहेका ति देशहरुसंग श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम सम्झौताको पहल थालेको जनाएको छ ।  मन्त्रालयले श्रम सम्झौता गर्न पहल गरिरहेका युरोपियन मुलुकमा हाल नेपाली कामदार व्यक्तिगत श्रम स्वीकृति लिएर रोजगारी लागि गइरहेका छन् ।

पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्सले सरकारीस्तरमा श्रम सम्झौता गरेर कामदार लिन खोजिरहेका कारण ती देशसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति लिएर युरोपियन मुलुकमा जाने नेपाली कामदारको संख्या बढ्दै गएको छ । जसकारण कामदारकै सुरक्षा र हकहितका लागि सरकारीस्तरमा श्रम सम्झौता गर्नुपर्ने आवश्यकता समेत भएको श्रम मन्त्रालयले जनाएको छ ।

धेरै देशले नेपालबाट श्रमिक लैजान चासो देखाइरहेको श्रम मन्त्रालयका सचिव तोयम रायले जानकारी दिए । मन्त्रालयले पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्समा रोजगारीका लागि कामदार पठाउन सरकारीस्तरमा श्रम सम्झौता गर्न छलफल गरिरहेको सचिव रायले बताए । ‘युरोपियन मुलुकमा श्रमिकको उच्च कमाइ हुन्छ ।

युरोपियन मुलुक नेपाली कामदारका लागि रोजगार गन्तव्य देशसमेत बन्न सक्छन् । युरोपियनका केही देशबाट नेपाली कामदारको राम्रो माग आउने गरेको छ,’ उनले भने, ‘हाल छलफल भइरहेको पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्समा कस्ता कामदार रोजगारीमा पठाउन सकिन्छ भनेर अध्ययन भइरहेको छ ।

श्रम सम्झौता गर्नुअघि दक्ष कामदार उत्पादन कसरी गर्न सकिन्छ भनेर तयारी गर्नुपर्छ ।’ श्रम मन्त्रालयले पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्ससँग सरकारीस्तरमा श्रम सम्झौता गरेर वार्षिक ५० हजार कामदार रोजगारीमा पठाउन सकिने अनुमान गरिरहेको सचिव रायले जानकारी दिए ।

युरोपका देशले निर्माण, होटल, कृषि, उद्योग, सेवा क्षेत्र र समुद्रमा काम गर्ने श्रमिक लिन इच्छा देखाइरहेका मन्त्रालयले जनाएको छ । पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्समा हाल पनि वार्षिक ५ हजारभन्दा धेरै नेपाली रोजगारीका लागि गइरहेको श्रम मन्त्रालयको अनुमानित तथ्यांक छ ।

अहिले नेपाली कामदार भारत हुँदै पोर्चुगल, रोमानिया, पोल्याण्ड तथा सेसेल्स गइरहेका छन् । म्यानपावर कम्पनीले पनि नेपाली श्रमिकलाई भारत हुँदै युरोप पठाउँदै आएका छन् । भारत हुँदै रोजगारीका लागि युरोपका देश गएका कतिपय नेपाली अलपत्रसमेत पर्ने गरेका छन् ।

सरकारले युरोपका देश जाने कामदारको सेवा शुल्क तोके पनि म्यानपावर कम्पनीले भने आफूखुसी रकम लिँदै आएका छन् । वैदेशिक रोजगार विभागका अनुसार युरोपमा पठाउँछु भनेर म्यानपावर र एजेन्टले ठगी गरेको भन्दै धेरै कामदार समस्या लिएर कार्यालयमा आउने गरेका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.