×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

पोर्नस्टारको हस मनी मुद्दामा ट्रम्प जेल जान सक्ने

२० पुष २०८१

२० पुष , एजेन्सी ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले पदको शपथ खानुभन्दा दुई साताअघि हस मनी मुद्दामा उनीविरुद्ध सजाय सुनाइने भएको छ। न्युयोर्कका एक न्यायाधीशले जनवरी १० मा यस मुद्दामा सजाय सुनाउने बीबीसीले उल्लेख गरेको छ।

तर न्यायाधीश जुआन मार्चनले उनलाई जेलको सट्टा प्रोबेसन, जरिवाना वा ससर्त रिहाइ दिने संकेत गरेका छन्। नवनिर्वाचित राष्ट्रपति ट्रम्प सजाय सुनाउने बेला सशरीर वा भिडिओ कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन सक्नेछन्।

ट्रम्पले आफ्नो चुनावी जित मुद्दा खारेज गर्नका लागि प्रयोग गर्ने प्रयास गरेका थिए। तर सकेनन्। .उनको टिमले सजाय सुनाउने न्यायाधीशको निर्णयको आलोचना गरेको छ र यो ‘अराजक’ मुद्दा तुरुन्त खारेज गरिनुपर्ने भनेको छ।

गत वर्ष मेमा ट्रम्पलाई पोर्नस्टार स्टर्मी डेनियललाई चुप बस्न १.३ मिलियन डलर दिएको प्रकरणमा दोषी ठहर गरिएको थियो। यो रकम ट्रम्पका पूर्ववकिल माइकल कोहेनमार्फत सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा मौन बस्न पोर्नस्टारलाई दिइएको थियो। नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यही जनवरी २० का दिन शपथ खाँदै छन्।

यसअघि सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबट्र्सले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसको दोस्रो कार्यकालअघि गम्भीर चेतावनी दिएका थिए । संघीय न्यायपालिकाको गत मंगलबार सार्वजनिक वार्षिक प्रतिवेदनमा प्रधानन्यायाधीशले संयुक्त राज्य अमेरिकाले ‘न्यायिक स्वतन्त्रता’ कायम राख्नुपर्छ भन्दै संघीय न्याय प्रणालीमाथिको खतराबारे उल्लेख गरेका छन्।

‘न्यायिक कार्यको प्रकृतिमा सबैलाई खुसी बनाउने कुरा हुँदैन। अधिकांश मुद्दाहरूमा विजेता र पराजित हुन्छन्,’ रोबट्र्सले १५ पृष्ठ लामो प्रतिवेदन लेखेका छन् । ‘विधायिकी अधिकार वा अन्य महत्वपूर्ण विषयहरूमा हरेक प्रशासनले कहिलेकाहीँ अदालत प्रणालीसँग पराजय भोगेको हुन्छ’ उनले भनेका छन्, ‘तर, विगत केही दशकहरूदेखि, अदालतको निर्णय, लोकप्रिय होस् वा नहोस्, पालना गरिएको छ, र राष्ट्रले सन् १९५० र १९६० का दशकहरूमा देखिएका गतिरोधहरूबाट बच्न सफल भएको छ ।’

उनले ट्रम्पतर्फ संकेत गर्दै लेखेका छन्, ‘तर, पछिल्लो केही वर्षहरूमा, राजनीतिक दृष्टिकोणका विभिन्न तर्फका निर्वाचित अधिकारीहरूले संघीय अदालतका निर्णयहरूको खुलेआम अवज्ञाको खतरा उठाएका छन्।’

रोबट्र्सले आफ्नो प्रतिवेदनमा ट्रम्प, राष्ट्रपति जो बाइडेन वा अन्य कुनै पनि सांसदको नाम उल्लेख गरेका छैनन्, यद्यपि दुवै कार्यकारीहरूसँग सार्वजनिक विवाद भएका छन्। ‘कहिलेकाँही मात्रै आउने भए पनि यी खतरनाक सुझावहरू दृढ रूपमा अस्वीकार गर्नुपर्छ।

न्यायिक स्वतन्त्रता जोगाउनै पर्ने विषय हो,’ रोबट्र्सले तर्क गरेका छन्। उनले दिवंगत न्यायाधीश रूथ बेडर गिन्सबर्गलाई उद्धृत गर्दै भनेका छन्, ‘स्वतन्त्र न्यायपालिका कुनै पनि देशमा कानुनी शासनका लागि अत्यावश्यक छ, तर यो आक्रमणको जोखिममा हुन्छ; यदि समाजले यसको संरक्षण सुनिश्चित गर्न ध्यान नदिने हो भने यो टुट्न सक्छ।’

‘म सम्पूर्ण अमेरिकीहरूलाई हाम्रो संस्थापक पुस्ताबाट प्राप्त यो सम्पत्ति बुझ्न र यसको स्थायित्वलाई सम्मान गर्न आग्रह गर्दछु,’ प्रधानन्यायाधीश रोबट्र्सले लेखेका छन् । उनले अगाडि थपेका छन्, ‘हाम्रो राजनीतिक प्रणाली र आर्थिक सशक्तता कानुनी शासनमा निर्भर छ ।’

प्रधानन्यायाधीशले न्यायपालिका धम्की र गलत सूचनाको खतरा सामना गरिरहेको व्याख्या गरेका छन् । ‘न्यायाधीशहरूप्रति गरिएको हिंसा, धम्की र विरोधले हाम्रो गणतन्त्रलाई कमजोर बनाउँछ र यो पूर्ण रूपमा अस्वीकार्य छ,’ उनले भनेका छन् ।

प्रधानन्यायाधीश रोबट्र्सले न्युयोर्क टाइम्सको समाचार उल्लेख गर्दै केही घटनाहरूमा न्यायाधीशहरू सार्वजनिक कार्यक्रममा बुलेटप्रुफ ज्याकेट लगाउन बाध्य भएका उल्लेख गरेका छन् । अमेरिकाको मार्शल्स सेवाको तथ्यांकका अनुसार संघीय न्यायाधीशहरूलाई लक्षित धम्कीहरू पछिल्लो दशकमा तीन गुणाले बढेका छन् ।

अमेरिकाका विस्कन्सिन र मेरिल्यान्डका राज्य अदालतका न्यायाधीशहरू आफ्नै घरमा मारिएका थिए। हस मनी’ भन्नाले कसैलाई गोप्य राख्न वा सार्वजनिक नगर्नका लागि दिइने रकमलाई जनाउँछ।

विशेषगरी, प्रतिष्ठित व्यक्तिहरूले आफ्नो छवि जोगाउन वा विवादास्पद घटनाहरू लुकाउन यस्तो रकम प्रदान गर्ने गर्छन्। अमेरिकी राष्ट्रपति ट्रम्पमाथि २०१६ को राष्ट्रपतीय चुनावको समयमा एडल्ट फिल्म अभिनेत्री स्टॉर्मी डेनियल्सलाई १ लाख ३० हजार डलर हस मनी दिएको आरोप लागेको छ ।

जसको उद्देश्य उनीसँगको कथित सम्बन्धलाई सार्वजनिक हुनबाट रोक्नु थियो। यदि ट्रम्प यस मुद्दामा दोषी ठहरिएमा, अमेरिकी कानूनअनुसार उनलाई आर्थिक जरिवाना र सम्भावित जेल सजाय हुन सक्छ।

सजायको अवधि र गम्भीरता अपराधको प्रकृति, कानूनी प्रक्रियामा प्रस्तुत प्रमाणहरू र न्यायाधीशको निर्णयमा निर्भर गर्दछ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top