×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पौडी खेल्न ताल बनाएपछि नेइमारलाई तिराइयो ३३ लाख डलर जरिवाना

२० असार २०८०

२० असार,एजेन्सी ।
विश्व चर्चित फुटबलर नेइमार जुनियरलाई ब्राजिलको स्थानीय प्रशासनले ३३ लाख अमेरिकी डलर जरिवाना तिराएको छ । घर छेउमा कृत्रिम ताल बनाएपछि प्रकृति र वातावरणको नियम तोडेको भन्दै उनलाई मंगारातिबाको नगरपालिकाले ठूलो रकम जरिवाना गराएको हो । मंगारातिबामा नेइमारले आलिसान घर बनाएका छन् ।

उनले घरछेउमै कृत्रिम ताल बनाएको थाहा पाएपछि वातावरणविद् र त्यहाँको स्थानीय प्रशासनले अनुगमन गरेका थिए । सो क्रममा नेइमारका पिता नेइमार सान्तोस सिनियरले उनीहरूलाई आक्रोशित भएर कराएका थिए । आफ्नो घरमा जे पनि बनाउन पाइने बताएता पनि नेइमारलाई जरिवाना तिराइयो ।

स्थानीय प्रशासनका अनुसार नेइमारले कृत्रिम ताल बनाउँदा स्थानीय अधिकारीहरूसँग कुनै समन्वय गरेका थिएनन्, जसले प्राकृतिक नियम उल्लंघन हुनपुग्यो । नेइमारले खोलाको बाटो मोडेर आफ्नो घर तिर लगेको, नदीको ढुंगा र बालुवा उत्खनन् गरेको साथै घर नजिकैको समुद्र तटबाट पनि अवैध उत्खनन् गरेको पाइएको थियो ।

जरिवाना गरिएता पनि यस विषयमा थप अनुसन्धान भइरहेको ब्राजिलियन प्रहरीले जनाएको छ । यो मुद्दाको छानबिन गर्न स्थानीय महान्यायाधिवक्ताको कार्यालय, प्रदेश प्रहरी र वातावरण संरक्षण कार्यालय लगायतका वातावरणीय नियन्त्रण निकायलाई जिम्मा दिइएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top