×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

विराटनगर वैशाख १७ ः निजी विद्यालयहरुका संगठन प्याब्सन, हिसान र एन प्याब्सनका पदाधिकारीलाई पाँच दिनभित्र राजीनामा दिन अखिल (छैठौं)ले चेतावनी दिएको छ ।

अल्टिमेटम दिइएको म्यादभित्र राजीनामा नदिए कार्यसमितिलाई कुनै पनि काम गर्न नदिने राष्ट्रिय जनमोर्चा निकट अखिल (छैठौँ) का केन्द्रीय अध्यक्ष विमल पोखरेलले विज्ञप्तिमार्फत चेतावनी दिएका छन् ।

‘पाठ्यपुस्तक, स्टेशनरी र ड्रेसहरुमा सिण्डिकेट खडा गरिएको छ, यस्ता कार्यले निजीकरण, व्यापारीकरण र माफियाकरणलाई झन् बढावा दिँदै आएकाले प्याब्सन, एन प्उाब्सन र हिसानजस्ता संस्थाहरुको औचित्य समाप्त भएको छ ।’ जारी विज्ञप्तिमा भनिएको छ

विज्ञप्तिमा अगाडि भनिएको छ ‘ सबै पदाधिकारीहरुले राजीनामा गर्नुभई शैक्षिक निजीकरण र व्यापारीकरण विरुद्धको हाम्रो आन्दोलनमा सहयोग गर्नुहुन अनुरोध छ ।’

दबाब पत्र प्राप्त गरेको पाँच दिनभित्र राजिनामा नदिए कार्यसमितिलाई कुनै पनि काम गर्न नदिने र प्याब्सन, एन प्याब्सन र हिसान कार्यसमितिले राजिनामा नदिई कुनै निर्णय गरे त्यसको परिणाम गम्भिर हुने भनी विज्ञप्तिमा भनिएको छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top