Nepal Times
Nepal Times
3
Shares

प्युठानमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

प्युठानमा आगलागीमा परी दुई बालबालिकाको मृत्यु

२५ चैत, प्युठान । प्युठानमा भएको आगलागीको घटनामा दुई बालबालिकाको मृत्यु भएको छ ।

जिल्लाको गौमुखी गाउँपालिका–३ रजवाराका स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उनको ७ वर्षीय छोरा हिमाल राना र ३ वर्षीय छोरी चन्द्रकला रानाको मृत्यु भएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

बुधबार विहान करिव ९ बजे घरमा अभिभावक नभएको बेला आगलागी भएको प्रहरीको भनाइ छ । अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.