×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्युठानमा गठबन्धनबीच खटपट/दुर्गा पौडेलका लागि भोट नमाग्ने गोविन्दराजको चेतावनी

१५ आश्विन २०७९

१५ असोज, काडमाण्डौ ।

आसन्न निर्वाचनका लागि टिकट वितरण गर्दा पार्टीभित्र ४० प्रतिशत आफ्नो पक्षका लागि नछुट्याए गठबन्धनले उठाएको उमेद्वारलाई हराउन अन्तरघात गर्नेसम्मको चेतवानी दिएको नेपाली काँग्रेसको इतर समूहले एक मात्र निर्वाचन क्षेत्र रहेको प्युठानमा त्यसको झल्को दिएको छ ।

आफ्नो गृहजिल्ला प्युठानमा टिकट दाबी गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.गोविन्दराज पोखरेलले गठवन्धनबाट राष्ट्रिय जनमोर्चाले टिकट पाए आफूले राष्ट्रिय जनमोर्चाको चुनाव चिह्न गिलासमा भोट नमाग्ने घोषणा गरेका छन् । पोखरेल इतर समूहका नेता हुन् ।

सत्तारुढ पाँच दलीय गठबन्धनले प्युठानमा राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई टिकट दिने घोषणा गरेलगत्तै उनले आफूले दुर्गाको लागि भोट नमागी कांग्रेसको लागि मात्र भोट माग्ने जनाएका हुन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका पोखरेलले सामाजिक सञ्जालमार्फत बाहिर आएका गठवन्धनका समाचार सहि भएमा प्युठानी जनताकाबीच रुख चिन्हमा पार्टी र पार्टीको उम्मेदवारलाई मात्र मत माग्न आउने बताएका हुन् ।

‘मलाई प्युठानमा संघीय उम्मेदवार हुनुहोस् भन्ने धेरै शुभेच्छुक र साथीहरुको प्रस्तावमा म पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु’,उनले लेखेका छन्,‘तर प्रस्तावलाई सकरात्मकरुपले लिएर उपायहरु खोज्दै छु । यस बीचमा केही नयाँ परिदृष्यको विकास भएमा अवश्य जानकारी गराउने छु ।’

यसअघि पोखरेल ०७४ सालको निर्वाचनमा पौडेलसँग नै पराजय भएका थिए । अहिले पुनः सत्ता गठवन्धनबाट पौडेलले नै टिकट पाउने निश्च्तिजस्तै भएको छ । पोखरेलले अहिले फेरि उनै पौडेल गठबन्धनको उम्मेदवार हुने चर्चाले आफू उम्मेदवार हुन पाउनेमा प्रश्न चिह्न खडा भएको उल्लेख गरेका छन् ।

‘यदि बाहिर आएका गठबन्धनका समाचार सही भएमा म प्युठानी जनताका बीच रुख चिह्नमा पार्टी र पार्टीका उम्मेदवारलाई मात्र मत माग्न आउनेछु,नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी बनाउन विनम्र अनुरोध गर्दछु,’ डा. पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

अघिल्लो चुनावमा ६४ वटा वडा मध्ये ६३ वडामा पुगेको उल्लेख गर्दै पोखरेलले यसपटक पनि आफूलाई प्यूठानमा संघीय उम्मेदवार होस् भन्ने धेरै शुभेच्छुक र साथीहरुको चाहना रहेको पोखरेलले लेखेका छन् । ‘शुभेच्छुकहरुको प्रस्तावप्रति पार्टीको केन्द्रीय सदस्य भएकोले गम्भीर छु तर प्रस्तावलाई सकारात्मकरुपले लिएर उपायहरु खोज्दै छु,’ उनले लेखेका छन् ।

स्थानीय तह निर्वाचनमा प्यूठानमा एमालेले ३९ हजार ८७७, कांग्रेसले २१ हजार ५४६, माओवादीले १७ हजार १६३, जनमोर्चाले १३ हजार ६१२ र समाजवादीले एक हजार ४१७ मत पाएका छन् । स्थानीय चुनावपछि एमालेले विभिन्न पार्टीबाट पाँच हजार जनालाई एमालेमा प्रवेश गराएको दाबी गरेको छ ।

प्युठानमा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार रहेका जिल्ला इन्चार्ज सूर्य थापालाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ । कांग्रेसको संस्थापनइतर पक्ष असन्तुष्ट भएको अवस्थामा गठबन्धनलाई चुनाव जित्न कठीन हुने देखिन्छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top