Nepal Times
Nepal Times
3
Shares

प्रचण्डको व्यंग्य : जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे

प्रचण्डको व्यंग्य : जनयुद्धको नाम सुन्‍नै नचाहने ओलीले अहिले कालीबहादुर खाम खोई अरे

९ माघ, काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री बनेको यतिका वर्षसम्म ओलीले घाइते र योद्धाका समस्याको सुनुवाइ नगरेको गुनासो गरेका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले गुनासो गरेका हुन् ।

उनले भने, ‘घाइते अपाङ्गहरु माइतीघर मण्डलामा अनशन बस्दा अनेक गरेर, ऋण सापट खोजेर मैले बेलाबेलामा राहत दिएँ । सरकारलाई मैले पटक–पटक यी घाइते अपाङ्गको उपचार हुनुर्पयो भनें । पहिला खाईपाई आएको मासिक भत्ता पनि खोसिदिएछ यो सरकारले त झन् ।’

उनले कटाक्ष गर्दै भने– फट्याइँ गर्न पनि कति सकेको क्या । जालझेल गर्न पनि कस्तो दिमाग हो !’ विशेष गरी जनयुद्धका योद्धाहरुलाई प्रचण्डले बेवास्ता गरेको केपी ओलीले आरोप लगाउँदै आएका थिए, यसैको जवाफमा प्रचण्डले ओलीलाई ‘फटाहा’ को संज्ञा दिएका हुन् ।

केपी ओलीले सुरुदेखि नै जनयुद्धलाई विरोध गर्दै आएको बताउँदै प्रचण्डले भने, ‘जनयुद्ध भनेपछि सुन्न पनि नचाहने एक नम्बर मान्छे उहाँ हुनुहुन्थ्यो पहिला । पछि शान्ति सम्झौता भएपछि त अलिकति मान्नुहोला कि भन्ने ठानेको त जनयुद्धका शहीदलाई सम्मान गर्ने कार्यक्रममा उहाँ एकचोटि पनि जानुभएन । मैले त्यसलाई खुब नोट गरेको थिएँ ।’

प्रचण्डले अगाडि भने, ‘गृहप्रशासन पनि केपीले जे भन्यो त्यही मान्ने छ । मैले धेरैचोटि भन्दा कहीँ कतै टेरपुच्छर लाइएन । उल्टो मासिक भत्ता खोसियो । घाइतेहरुको उपचार गर्ने कुरालाई पूरै बेवास्ता गरियो ।’

तर, अहिले प्रचण्डले घाइते योद्धाहरुलाई नहेरेको भन्दै ओलीले फट्याइँ गरेको प्रचण्डको आरोप छ । उनले ओलीमाथि कटाक्ष गर्दै भने, ‘अहिले पार्टी विभाजन गरेपछि र आफू अल्पमतमा परेपछि मैले कहिलेकाहीँ सुन्छु, यी घाइते अपाङ्गलाई हेर्नुपर्दैन ? भन्ने यही केपी ओली । फट्याइँ गर्न पनि कति सकेको क्या ! जालझेल गर्न पनि कस्तो दिमाग हो ?’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.