×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रचण्डको सरकार बनेलगत्तै चीनले राख्यो खतनाक प्रस्ताव

२२ पुष २०७९

२२ पौष, काठमाण्डौ ।
अमेरिकी परियोजना एमसीसी र एसपीपीजस्ता विषय सार्वजनिक हुँदा लामो समयसम्म विवादमा रुमल्लिनु परेको नेपाललाई अहिले फेरि चिनियाँ पक्षबाट आएको पछिल्लो एक प्रस्तावले झस्काएकोे छ । त्यो प्रस्ताव हो चिनियाँ सुरक्षा अवधारणा ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) । जसलाई समर्थन गर्न बेइजिङले आग्रह गरेको छ ।

यद्यपी नेपालले त्यसमा आफ्नो देश कुनै पनि सुरक्षा गठबन्धनमा सहभागी हुन नसक्ने जबाफ दिँदै सो चिनियाँ प्रस्ताव अध्ययनकै चरणमा रहेको जनाएको छ । तर जीएसआईको प्रस्तावले एक पटक फेरि नेपालमा अनेकौं कोणबाट आशंका र प्रश्नहरु उब्जिएका छन् ।

यसअघि पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार रहेका बेला गत सेप्टेम्बरमा राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको जीएसआई जोडिएको एउटा सम्मेलनमा सन्देश पठाएकी थिइन् । जसबारे विभिन्न कोठबाट टिप्पणी र प्रश्न गरिएको थियो ।

अहिले पनि एमालेको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार भएका बेला अर्थात चीनतर्फ ढल्किएको कम्युनिष्ट सरकार भएको आरोप लागेका बेला चिनियाँ पक्षबाट यो प्रस्ताव पुनः आउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

अघिल्लो बिहीवार चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला निर्देशकले बेइजिङस्थित नेपाली राजदूतसँग भेटेका थिए । त्यसक्रममा उनले चीनले अघि सारेको ग्लोबल डिभलप्मेन्ट इनिसिएटिभ र ग्लोबल सेक्युरिटी इनिसिएटिभको कार्यान्वयनलाई संयुक्त रूपमा प्रवर्धन गर्न प्रस्ताव राखेका थिए ।

तर राजदूत विष्णुपुकार श्रेष्ठले चिनियाँ विदेशमन्त्रालयको एसिया मामिलाका निर्देशक लिऊ जिनसोङसँग भएको छलफलका बारेमा नेपालले जीएसआईबारे अझै अध्ययन गरिरहेको जबाफ दिएको बताएका छन् । बेइजिङबाट बीबीसीलाई दिएको अन्तरवार्तामा नेपाली राजदूत श्रेष्ठले जीएसआईलाई नेपाल सरकारले अध्यययन नै गरिरहेको जबाफ आफूले दिएको बताएका छन् ।

उनका अनुसार असंलग्न परराष्ट्र नीति नेपालको आधारभूत चरित्र हो र नेपालले कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा छाताभित्र सहभागिता जनाउने छैन । परराष्ट्र मामिलाका कैयौँ विज्ञहरूले पनि नेपालले चिनियाँ सुरक्षा अवधारणालाई समर्थन गर्नु प्रत्युत्पादक हुने बताएका छन् ।

अघिल्लो पटक अमेरिकाको सुरक्षा कार्यक्रम एसपीपीमा नेपाल आबद्ध हुने विवरण आएर चौतर्फी विरोध भएपछि सरकारले स्टेट पार्टनरशिप प्रोग्राम कार्यक्रमबाट अलग हुने निर्णय गरेको थियो । स्वयं चीनले पनि यसमा स्पष्ट आपत्ति जनाएको थियो ।

यस्तोमा चीनले गरेको पछिल्लो प्रस्तावको विस्तृत विषयवस्तु समेत बाहिर नआएको अवस्थामा नेपालले त्यसमा समर्थन जनाउँन नहुने धेरैको तर्क छ । चिनियाँ मुखपत्र सिन्ह्वाका अनुसार सन् २०२२ को एप्रिलमा चीनको हेनानमा सम्पन्न बोआओ फोरम फर एशियाको वार्षिक सम्मेलनमा प्रमुख वक्ता रहेका राष्ट्रपति सी जिनपिङले उक्त सुरक्षा अवधारणा प्रस्ताव गरेका थिए ।

जीएसआई विश्व हितका लागि चीनले प्रस्तुत गरेको अर्को अवधारणा रहेको भन्दै राष्ट्रपति सीले त्यसले मानवताको साझा भविष्य निर्माणका लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताएका थिए । तर भारतीय पक्षले भने उक्त सुरक्षा अवधारणाले अमेरिकी नेतृत्वमा बनेको क्वाड र इन्डो प्यासिफिक रणनीतिलाई चुनौती दिने उद्देश्य राखेको दावी गर्दै आएका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top