×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रचण्डले ओलीलाई फोन गरेर भने- सोचौं है सोचौं !

९ पुष २०७४

९ पुस, काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पाएको मतगणना सकिएको एक हप्ता भइसक्यो तर, दलहरुले पाएको सिट संख्या निर्वाचन आयोगले सार्वजनिक गर्न सकेको छैन । यसले नयाँ सरकार गठन प्रक्रिया नै रोकिएको छ ।

किन समानुपातिकको सिट तोक्न तोक्न सकिएन भनेर निर्वाचन आयोगले औपचारिकरुपमा बालेको छैन ।

सरकार छाडेर प्रतिपक्षमा जानुपर्ने कांग्रेस र सरकारको नेतृत्व गर्ने तयारीमा रहेको एमाले राष्ट्रियसभा गठनसम्वन्धी अध्यादेशलाई लिएर दन्तबझान गरिरहेका छन् ।

जब सरकारले अध्यादेश राष्ट्रपतिकहाँ पठाएको दुई महिना बित्यो र दलहरुले आफ्नो पोजिसन लिए, तबमात्रै राष्ट्रपति विद्या भण्डारीले राजनीतिक तथा कानुनी परामर्श थालेकी छन् ।

योबीचमा शुक्रबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाको पहलमा पाँच दलको बैठक पनि बस्यो तर, कुनै निकास निस्किएन । निस्कने आशा र अपेक्षा पनि थिएन, किनकि दलहरु आफ्नो अडानमा टसमस भएकै छैनन् ।

माओवादीको मध्यमार्गी लाइन

यसैवीच पहिलो र दोस्रो दलको अडानका बीचमा तेस्रो दल माओवादीले भने मध्यमार्गी बाटो रोजेको छ । सुरुमा राजनीतिक सहमति गरौं भनेको माओवादी केन्द्रले अब भने खुलेरै कांग्रेसविहीन राष्ट्रियसभा बनाउन नहुने मत सार्वजनिक गरेको छ ।

माओवादी अध्यक्ष प्रचण्डले वाम गठबन्धनका सहयात्री एमालेका अध्यक्ष केपी ओलीलाई फोन गरेरै प्रतिपक्षलाई पनि सम्हालेर लिएर जानुपर्ने जिम्मेवारी सम्झाएका मात्र छैनन्, राष्ट्रियसभा गठनमा आफ्नो फरक मत दर्ज गराएका छन् ।

एमालेले अध्यादेशमा प्रस्तावित एकलसंक्रमणीय मत प्रणाली अस्वीकार्य भएको अडान लिँदै आएको छ । ओलीले यसलाई कांग्रेसको सत्ता लम्ब्याउने खेलका रुपमा लिएका छन् ।

तर, प्रचण्डले कांंग्रेसविहीन राष्ट्रियसभा बनाउन नहुने आफ्नो धारणा ओलीलाई सुनाएका छन् ।

‘कांग्रेसका साथीहरुको समस्या के भन्ने वामपन्थीहरुले बुझिदिनुपर्ने देखेको छु मैले’, प्रचण्डले चितवनमा आयोजित एक कार्यक्रममा भने, ‘बहुमतीयमा गयो भने कांग्रेसको एउटा पनि नआउने भयो, राष्ट्रियसभामा एकजना पनि नआउनु वामपन्थीका लागि पनि धेरै खुसीको कुरा हुँदैन ।’

प्रचण्डले अघि थपे, ‘यो प्रणालीभित्र कमसेकम प्रतिपक्षका २/४ जना हुँदा बहस छलफलमा जो जीवन्तता आउँछ । त्यो उपाय खोजी गर्नेतिर ध्यान दिँदा राम्रो हुने हो कि भनेर मैले भर्खर ओलीजीलाई भनेको छु, सोचौं है सोचौं ।’

दुईतिहाई नजिक मत पाएको वाम गठबन्धन बढी नै जिम्मेवार हुनुपर्ने उनले बताए । ‘बढी नम्र हुनुपर्ने र प्रतिपक्षलाई पनि सम्हालेर लिएर जानुपर्ने जिम्मेवारी हाम्रो छ’ सहमतिबाटै निकास खोज्नुपर्ने भन्दै उनले भनेका छन् ।

onlinekhabar

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top