×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रचण्डले भने – वैशाखबाट ओलीको पत्तासाफ हुन्छ

१४ पुष २०७७

१४ पुस, काठमाडौं ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान, लोकतन्त्र र लोकतान्त्रिक प्रणालीविरुद्ध भएको क्रुर प्रहारविरुद्ध आफूहरुले आन्दोलन गर्नुपरेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले मंगलबार काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै दाहालले प्रधानमन्त्री केपी ओलीले संविधान र गणतन्त्रमाथि प्रहार गरेको बताएका हुन् ।

उनले ओलीले चुनाव नगराउने दाबी गरेका छन्। अध्यक्ष दाहालले भने‚ ‘केपी ओलीलाई यदि कसैले गोटी बनाएको छ भने, मलाई लाग्छ त्यस्तै हो। उनी गोटी भएको हो। वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्। नेपालको राजनीतिक इतिहासबाट उनको पत्तासाफ हुनेवाला छ। अनि उनैले श्री ३ महाराज हुन्छु भनेर सपना देखेर हुनेवाला हो र आजको नेपालमा?’

उनले ओली प्रवृत्ति बेलैमा बुझ्न नसकेको भन्दै क्षमा याचना गरेका छन् । ‘केपी गणतन्त्रको पक्षमा हुनुहुन्न र उहाँको सिद्धान्त बयलगाडाको सिद्धान्त हो भन्ने सिद्धान्त थाहा थियो । संघीयता र धर्मनिरपेक्षताविरोधी हो भन्ने थाहा थियो । जनताको आँधीहुरी आएपछि उहाँले मानिदिएँ भन्नुहुन्थ्यो तर समयले उहाँ बयलगाडा सिद्धान्तमा नै हुनुहुन्छ भन्ने देखियो । हामीले उहाँ सच्चिए भनिठान्यौं । अहिले हामीलाई अप्ठ्यारो लागिरहेको छ । केपी ओलीलाई बुझ्न नसकेकोमा क्षमायाचना गर्न चाहन्छु ।’

प्रधानमन्त्री केपी ओली निरंकुश तानाशाह भएको बताउँदै दाहालले ओलीले देशलाई भड्खालोमा पार्न चाहेको प्रमाणित भएको बताए । उनले कम्युनिस्ट मूल्यमान्यता, विधि, विधानविपरीत कदम चालेको भन्दै केपी ओली विचारमा पनि स्खलित भइसकेको टिप्पणी गरे ।

दाहालले केपी शर्मा ओलीको प्रतिगामी कदमविरुद्ध अहिले नै सडकमा आउनु पर्ला भन्ने नसोचेको बताएका छन् । प्रतिनिधिसभा विघटन नसच्चिएसम्म आन्दोलन नरोकिने दाहालले बताए । यो अलोकतान्त्रिक र प्रतिगामी कदमविरुद्ध देशभर मोर्चाबन्दी भएको भन्दै उनले यसबाट छिटो निकास पाउने बताए ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top