×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रचण्डले सम्झिए द्वन्दकालमा सताइएका कांग्रेस कार्यकर्ता

१७ कार्तिक २०७९

१७ कात्तिक, काठमाण्डौ ।

निर्वाचन जित्न चुनौती हुने देखिएपछि अन्तिम समयमा सुरक्षित क्षेत्र खोज्दै चितवनबाट गोरखा पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला मतदाता रिझ्याउने प्रयासमा ब्यस्त छन् ।

यसका लागि उनी कहिले विगतमा पृथ्वीनारायण शाहको शाालिक भत्काउनु आफूहरुको ठूलो गल्ती थियो भनिरहेका छन् भने कहिले गोरखासंग आफ्नो आत्मिय सम्बन्ध रहेको बताईरहेका छन् । आफूलाई जिताएर गोरखाले विश्वभरि माओवादीलाई चिनाइदिन उनले मतदातालाई आग्रह गरिरहेका छन् ।

यसैक्रममा उनले जनयुद्धकालमा पीडित भएका कांग्रेस कार्यकर्ताको घाउमा आफूले मलम लगाउने पनि बताएका छन् । माओवादी सशस्त्र युद्धका कमाण्डर प्रचण्डले द्वन्दका बेला माओवादीबाट पीडित परिवारलाई आफूले भेट्न चाहेको पनि बताएका छन् ।

आज काठमाडौंमा आयोजित गोर्खालीहरूको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनयुद्धका क्रममा माओवादीको तर्फबाट पीडामा परेका तथा क्षति भोगेका परिवारलाई भेटेर मल्हमपट्टी लगाउन चाहेको बताएका हुन् । कांग्रेस नेता कार्यकर्ताहरूलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले सुरेन्द्र पाण्डेजी, राजेन्द्र बजगाईँ र कमला पन्तसँग पनि भनेको छु ।

माओवादी आन्दोलनका क्रममा पीडामा परेका कांग्रेसका परिवार, क्षति भोगेका र ठूलो पीडामा परेकालाई भेटेर मल्हमपट्टी लगाउन चाहन्छु । ती परिवारलाई भेटेर शान्ति प्रक्रियाको महत्व बुझाउनेछु र गिरिजाबाबुसमेतको भावनालाई कदर गर्दै म उहाँहरूसँग कुरा गर्छु ।

अध्यक्ष प्रचण्डले ती पीडित परिवारलाई भेट्ने वातावरण बनाइदिन आफूले कांग्रेस नेताहरूलाई आग्रह गरेको बताए । गोरखामा कांग्रेस कार्यकर्ताको हत्या गरेर सुरू भएको माओवादी जनयुद्धका क्रममा धेरै कांग्रेस कार्यकर्ता पीडित भएकाले प्रचण्डले उनीहरूको सहानुभूति लिन खोजेका हुन् ।

यस्तै उनले शान्ति प्रक्रियाका दुई हस्ताक्षरकर्तामध्ये एक गिरिजाप्रसाद कोइराला नभएको अवस्थामा कांग्रेसजनले प्रचण्डको महत्व बुझ्नुपर्ने बताएका छन् । प्रचण्डले आफूले गिरिजाप्रसादलाई राष्ट्रिय अभिभावकका रूपमा सम्मान गरेको विषयलाई सबैले बुझ्नुपर्ने बताए ।

गोरखा २ बाट उम्मेदवार बनेका प्रचण्डले कांग्रेस कार्यकर्तालाई विगतका तीतामीठा बिर्सेर ऐतिहासिक भूमिका खेल्न आग्रह गरे । यस्तै प्रचण्डले आसन्न निर्वाचनलाई सामान्य रूपमा नलिन पनि आग्रह गरेका छन् । उनले आसन्न निर्वाचन प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्रित रहेको बताए ।

उनले आफ्नो गोरखा आगमनलाई ठूलो चुनौती र अवसरका रूपमा लिएको पनि बताए । सुरुमा पटक पटक चितवन ३ बाट चुनाव लड्ने घोषणा गरेका प्रचण्ड आफू त्या असुरक्षित हुने देखिएपछि अन्तिम समयमा गोरखा २बाट उम्मेदवार बनेका छन् ।

यद्यपि प्रचण्डले आफू सहज र असहज स्थानका आधार चुनाव क्षेत्र रोज्ने नेता नरहेको बताउने गरेका छन् । गोरखामा प्रचण्डको प्रतिस्पर्धीमा रुपमा एकसय वर्षका बृद्धदेखि केही स्वतन्त्रसहित २९ वर्षका दलीय उम्मेदवार प्रतिस्पर्धी रहेका छन् । प्रचण्डको प्रतिस्पर्धा मुख्यगरी एमालेबाट उम्मेदवार बनेका २९ वर्षीय युवा अब्दुस मियासँग हुने विश्लेषण गरिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top