Nepal Times
Nepal Times
3
Shares

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

२४ फागुन, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले स्थायी कमिटीको बैठक बोलाएको छ ।

नेकपाको आधिकारिकताबारे सर्वोच्च अदालतको फैसलापछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न प्रचण्ड–नेपाल समूहले बिहान ११ बजेका लागि बैठक बोलाएको हो ।

सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिएको अवस्थामा अबको अन्योल र रणनीतिबारे छलफल हुने समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सर्वोच्चको फैसलापछि प्रचण्ड–नेपाल समूहले हिजो कानुन व्यवसायीसँग छलफल गरेको थियो ।

छलफलमा अदालतको फैसला अनपेक्षित र राजनीतिक प्रकृतिको भएको सुझाव आएको अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले बताए । आजको स्थायी कमिटीको बैठकपछि पार्टीको आधिकारिक धारणा तय गरी सार्वजनिक गर्ने प्रचण्ड–नेपाल समूहको तयारी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.