Nepal Times
Nepal Times
3
Shares

प्रचण्ड–नेपाल समूहले आज पनि डाक्यो केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडामा

प्रचण्ड–नेपाल समूहले आज पनि डाक्यो केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडामा

२० फागुन, काठमाडौँ । प्रतिनिधिसभा बैठकको मिति नजिकिँदै गर्दा राजनीतिक दलहरु आन्तरिक छलफलमा जुटेका छन् । केही दिनदेखि दलहरु आन्तरिक रणनीतिका लागि छलफलमा जुटिरहेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले आज पनि केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडामा रहेको पार्टीको केन्द्रीय कार्यालयमा बोलाएको छ ।

हिजो मात्र केन्द्रीय कमिटी बैठक गरेको प्रचण्ड–नेपाल पक्षले आज फेरि उपत्यकामा उपलब्ध आफ्ना केन्द्रीय सदस्यहरुलाई पेरिसडाँडा बोलाएको हो ।

केहीबेरमा काठमाण्डौ उपत्यकामा रहेका केन्द्रीय सदस्यलाई भेला हुन भनिएको प्रचण्ड–नेपाल समूहका नेताहरुले बताएका छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.