Nepal Times
Nepal Times
3
Shares

प्रचण्ड–माधवबीच ‘ब्रेकअप’ भएको छैन ! (भिडियो सहित)

प्रचण्ड–माधवबीच ‘ब्रेकअप’ भएको छैन ! (भिडियो सहित)

४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्यूँताइदिएपछि ठानिएको थियो पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको ब्रेकअप भयो ।

त्यसैलाई बल पुर्याउने गरि प्रचण्डले पनि सर्वोच्चले नेता नेपालसँग ब्रेकअप गराइदिएको बताए । तर शुक्रबारको घटनाले प्रचण्ड र नेपालको सम्बन्ध अझै सुमधुर रहेको प्रष्ट्याइदिएको छ । शुक्रबार कर्णाली प्रदेशमा एमालेका चार सांसदले ‘फ्लोर क्रस’ गरेर माओवादी केन्द्र नेतृत्वको सरकार जोगाइदिएपछि पूर्ववत पार्टीमा फर्किएपनि प्रचण्ड र नेपालबीचको सम्बन्ध, राजनीति र रणनीति एकैरहेको र ओलीविरुद्ध प्रहार गर्ने नै रहेको पुष्टि भएको छ । त्यसमाथि प्रचण्ड र नेपालको शनिबार भेटवार्ता भएको छ । अझ, शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको वैठकमा प्रचण्ड सहित नेपाल पक्षका नेताहरु नजानुले समेत ओलीविरुद्ध माधव नेपालले पार्टी भित्र गरिरहेको संघर्षमा प्रचण्डको साथ र पार्टी बाहिर प्रचण्डले ओलीविरुद्ध गर्ने संघर्षमा नेता नेपालको साथ रहेको देखिएको छ । तर प्रचण्ड र नेता नेपालबीचको यो सम्बन्ध, प्रचण्ड र ओलीबीचको ब्रेकअपपछि, मौलाएको हो । तत्कालिन नेकपामा ओलीले प्रचण्डलाई एक्लाउन थालेपछि त्यसअघिदेखि नै चेपुवामा परेका नेता नेपाल सहित झलनाथ खनालसँग प्रचण्डले मोर्चाबन्दी गरेर ओली विरुद्ध संघर्ष सुरु गरेका थिए । संसद विघटन गर्ने बाध्यात्मक अवस्थामा पुगेका ओली विरुद्ध त्यसयता संगठित रुपमा मोर्चाबन्दी गरेका प्रचण्ड–नेपालबीच सर्वोच्चको फैसलाले खलनायकको रुपमा दुईबीचको सम्बन्ध धुजाधुजा पारिदिएको थियो ।

फागुन २३ को सर्वोच्चको फैसलापछि सबैभन्दा बढि दुखी हुनेमा प्रचण्ड र माधव नेपाल नै थिए । त्यसपछि नेकपा एमाले मै फर्किएका नेता नेपाल पक्षलाई ओलीले सहज स्विकार नगरेपछि नेपाल पक्ष ओली विरुद्ध संघर्ष गरिरहेको थियो । यसबीचमा प्रचण्डसँगको सम्बन्ध समेत खासै मौलाएको देख्न नपाएपनि शुक्रबारको कर्णाली प्रदेशको घटनाले प्रचण्ड र माधव नेपालबीचको सम्बन्ध छर्लङग पारिदिएको छ । संसदीय दलको नेताको ह्वीप अस्विकार गरि फ्लोर क्रस गरेर प्रचण्ड निकटका मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि प्रचण्ड र नेपालले यसअघि देखि भन्ने गरेको ४ दशक पुरानो सम्बन्ध अझै सुमधुर नै रहेको देखिएको छ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.