२८ माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी, नेकपा प्रचण्ड-माधव समूहको जुलुस विभिन्न स्थानबाट निकालिएको छ ।
माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् ।
अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ ।
विरोधसभामा सहभागी गराउन प्रचण्ड-माधव समूहले बिभिन्न जिल्लाबाटसमेत कार्यकर्ता तथा समर्थकहरुलाई काठमाडौंमा उतारेको छ । सो समूहको जुलुस तथा विरोधसभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।
संसद विघटन विरुद्ध आन्दोलनरत प्रचण्ड-माधव समूहले यो विरोधसभालाई निर्णायक भनेको छ । यसअघि प्रचण्ड-माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।