Nepal Times
Nepal Times
3
Shares

प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन

प्रचण्ड–माधव समूहको संसदीय दलको नेतामा प्रचण्ड चयन

२१ फागुन, काठमाडौँ । नेकपाको प्रचण्ड–माधव समूहले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।

शुक्रबार ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षमा बसेको बैठकले प्रचण्डलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको हो ।

प्रचण्ड–माधव समूहको संसदीय दलको बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद गरी १११ जना सहभागी भएका थिए ।

योगेश भट्टराईसहित ४ जना भने विभिन्न कारणले शुक्रबारको बैठकमा सहभागी हुन नपाएको यो समूहले जनाएको छ ।

प्रचण्ड माधव समूहले गत पुसमा नै संसदीय दलको बैठक बसेर प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको बताएको थियो ।

तर सर्वोच्च अदालतले संसद विघटन बदर गरेको बदलिँदो अवस्थामा प्रक्रियागत रुपमा फेरि संसदीय दलको नेता चयन गरेको यो समूहको दावी छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.