×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रतिकूल अवस्था सहन सक्ने धानको दुई जात विकसित

२५ बैशाख २०७५

काठमाडौँ, २५ वैशाख ः तराई÷भित्री मधेश लगायतका क्षेत्रमा सुख्खा र डुबानलाई प्रतिकूल अवस्था सहन सक्ने धानको दुईवटा जात विकसित भएको छ ।

नेपाल कृषि अनुसन्धान परिषद्ले हालै बहुगुणी धान १ र बहुगुणी धान २ नामक दुई जातका धानको लामो अनुसन्धानपछि उन्मोचन गरेको हो । चैते र वर्षे दुवै समयमा लगाउन सकिने हर्दिनाथ– ३ र चैते समयका लागि मात्र चैते–५ जातको उन्मोचन गरेको हो ।

नेपालको प्रमुख बालीअन्तर्गत धानको उत्पादनमा वृद्धि गर्न परिषद्ले सो बालीको नयाँ जातको बीउ उन्मोचन गरेको हो । समग्र कृषि क्षेत्र (अन्न्नबाली, तरकारीबाली र पशुपक्षी) को अनुसन्धानमा सक्रिय परिषद्को २७औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा परिषद्का कार्यकारी निर्देशक डा वैद्यनाथ महतोले धानबालीलाई विश्वबजारसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउन वर्णशंकर (हाइब्रिड) धानका हर्दिनाथ– १ र हर्दिनाथ– १० नामक दुई जात उन्मोचनका क्रममा रहेको जानकारी दिए।

मकै बालीअन्तर्गत रामपुर– ८ र रामपुर– १० नामक जातका वर्णशंकर पञ्जीकरण गरिएको, तराई÷भित्री मधेश तथा बेसीका लागि रामपुर– ४, मनकामना– ७ तथा बढी प्रोटिन भएको पोषिलो मकै– २ उन्मोचन गरिएको उनले बताए ।

यसैगरी मध्य र उच्च पहाडी भेगका लागि विभिन्न खाले सिन्दूरे रोग सहन सक्ने गहुँका मुनाल १ र च्याखुरा १ जातका बीउ उन्मोचन गरिएको तथा सुजी र पास्तासमेत बनाउन मिल्ने खजुरा ड्याम १ र खजुरा ड्याम २ जातका गहुँका नयाँ बीउसमेत सार्वजानिक गरिएको छ ।

परिषद्ले जुनारको बोक्रोबाट केक तथा क्यान्डी बनाउने तथा अकबरे र जिरेलगायत अन्य खुर्सानीको स्वाद वर्षैभरि लिन सक्ने हट सस प्रविधिको समेत विकसित गरेको छ ।

बाख्राबाट चार लिटर दूध

पशुपक्षीतर्फ बोयर र स्थानीय बाख्राको वर्णशंकर विकास गर्ने कार्य भइरहेको, बजारमा अत्यधिक माग भइरहेको बोरजातको बाख्राको माग पूरा गर्न, साना जातको बाख्राबाट दैनिक रुपमा चार लिटरसम्म दूध दिन तथा दूधबाट सरल तरिकाले चीज उत्पादन सफल भएको कार्यक्रमका कार्यकारी निर्देशक डा महतोले जानकारी दिए ।
उनले तराई, मध्य र उच्च पहाडी भेगमा कृषि यान्त्रिकीकरण अनुसन्धान र परीक्षण केन्द्र स्थापना गरी सञ्चालनमा ल्याइएको बताए ।

कार्यक्रममा परिषद्का पूर्वकार्यकारी निर्देशक डा नन्दप्रसाद श्रेष्ठले परिषद्लाई कृषि विश्वविद्यालयका रुपमा रुपान्तरण गर्न आग्रह गरे ।

कृषि तथा वन विश्वविद्यालयका उपकुलपति डा ईश्वरीप्रसाद ढकालले परिषद्ले अनुसन्धान गरेका नतिजा कृषकको खेतबारीमा पु¥याउन प्रचार–प्रसारमा जोड दिनुपर्छ भने ।

अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान प्रतिष्ठानका नेपाल प्रतिनिधि प्राडा भवप्रसाद त्रिपाठीले धानबालीमा लागानी बढाउनुपर्छ भने।

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सरकारले कृषि क्षेत्रमा लगानी बढाउन लागेको जानकारी दिँदै लगानी अनुरुपको प्रतिफल निकाल्न निर्देशन दिए । उनले समग्र कृषिको सुधारका लागि सरकारले ५८बुँदे कार्ययोजना जारी गरेकाले यसको प्रभावकारी कार्यान्वनयमा जोड दिए ।

मन्त्रालयका सचिव डा युवकध्वज जिसीले कृषि अनुसन्धानमा मन्त्रालयको उच्च प्राथमिकता रहेको बताए ।
रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top