×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रतिनिधिसभा बैठकमा ‘शल्यक्रिया’ शब्दलाई ‘सलानकिरा’ भनेपछि एमालेकी सांसद नविना लामा भाइरल

४ श्रावण २०७९

४ साउन ,काठमाण्डौ ।
नेकपा एमालेकी सांसद नविना लामाले प्रतिनिधिसभा बैठकमा बोलेको भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले पूर्व विद्यार्थी नेता समेत रहेकी सांसद लामाले १ मिनेट बोलेको भिडियोमा तीन चार ठाउँमा शब्द चिप्लिएपछि मजाक उडाउँदै शेयर गरिरहेका छन्।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा सांसद लामाले स्वास्थ्य समस्या जस्तो गम्भीर विषय सदनमा उठाएकी थिइन् । उनले गंगालाल हृदय रोग अस्पतालमा अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया गर्ने काम रोकिएको विषय सदनमा उठाएकी थिइन् । तर कागज हेर्दै लिखित रुपमा आफ्नो धारणा राखेकी लामाले पटक पटक शल्यक्रियाको सहि उच्चारण गर्न सकिनन् । उनले लिखित रुपमा पढेको भाषण बच्चाले पाठ पढेको जस्तो देखिएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले आलोचना गरेका छन् ।

उनले अक्सीजेनेरेटरको अभावमा मुटुको शल्यक्रिया रोकिएको छ भन्नुपर्नेमा अक्सीमिटरको अभावमा मुटुको सलानकिरा रोकिएको छ भन्न पुगेकी थिइन् । सामाजिक सञ्जालमा लामाले बोलेको भिडियो क्लिप राख्दै अनुराग साहले लेखेका छन्–‘अनेरास्ववियुको अध्यक्ष हुँदै संघीय सांसद बनेकी सांसद नविना लामाको यो अवस्था हेर्दा दया लाग्यो । लेखेको कुरा राम्रोसँग पढन नजान्ने हरुले देशको निति नियम चाहि कसरी राम्रो सँग लेख्लान्

यस्तै इञ्जिनीयर राजदाश श्रेष्ठले लामाको भिडियो शेयर गर्दै लेखेका छन्–‘ धन्य हाम्रो सुन्दर भविष्य १११ हाम्रा ठुल्ठूला गौरवशाली राष्ट्रिय पार्टीका दोस्रा र तेस्रा पुस्ताका होनहार युवा नेताहरु जो भोली प्रधानमन्त्री र राष्ट्रपति बन्ने पर्खाईमा छन् ।’

सांसद लामाको प्रतिक्रिया ; नेपाली टोनमा कमजोर छु, शब्द बिग्रिएकै हो

सांसद नविना लामाले १ मिनेटमा धेरै कुरा बोल्न हतार गरेका कारण र आफू नेपाली टोनमा कमजोर भएका कारण शब्दमा चिप्लिएको बताएकी छिन् ।  सांसद लामाले भनिन्–‘अरुबेला पनि कहिलेकाँही मेरो शब्दमा मिस्टेक हुन्छ तर मैले उठाएको मुद्धा त सहि छ नी । मैले आफैले लेखेको कुरा हो, १ मिनेटभित्र सबै कुरा भनि सकाउनुपर्ने थियो, हतार गर्दा त्यस्तो भएको हो । १ मिनेटमा सबै कुरा छिटो भन्ने कला पनि सिकिएन । मेरो अरुबेला पनि केही शब्द बिग्रिन्छ किनभने म नेपाली टोनमा कमजोर पनि छु ।’उनले आफूले शल्यक्रिया शब्द उच्चारण गर्दा बिग्रने गरेको बताउँदै सो शब्दको सट्टा अप्रेशन भनेको भए शुद्ध हुने थियो भन्ने कुरा उल्लेख गरिन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top