Nepal Times
Nepal Times
3
Shares

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई हेर्दाहेर्दैमा

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई हेर्दाहेर्दैमा

६ माघ, काठमाडौं ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुको सुनुवाई हेर्दाहेदैमा राखेर भोलिका लागि तोकिएको छ । सर्वाेच्च अदालत संबैधानिक इजलासमा भइरहेको अन्तिम सुनवाईमा रिट निवेदक तर्फका कानुन व्यवसायीहरु बहस जारी छ ।

आज रिट निवेदन तर्फका कानुन व्यवसायीहरुकै बहस नसकिएपछि सुनुवाई हेर्दाहेर्दैमा राखेर भोलिका लागि तोकिएको हो । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमा आज कानुन व्यवसायीहरु शिवकुमार यादव, शेरबहादुर ढुंगाना, हर्क बहादुर रावल, रुद्र शर्मा र चन्द्रकान्त ज्ञवालीले बहस गरेका थिए ।

संवैधानिक इजलासमा भइरहेको वहस बहुमत प्राप्त प्रधानमन्त्रीले संसद विघटन गर्ने विषयले बैधानिकता पाउने कि नपाउने भन्ने विषयमा नै केन्द्रित रहेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले सो रिटमा आइतबारदेखि निरन्तर सुनुवाई गरिरहेको छ ।

विघटनविरुद्ध परेको रिटमा भइरहेको विषय केन्द्रित बहसमा हालसम्म ११ जना कानुन व्यवसायीले बहस गरेका छन् । रिट निवेदनमाथिको सुनुवाई लम्बिएपछि संबैधानिक इजलासले विषय केन्द्रित र संक्षिप्त बहस गर्न कानुन व्यवसायीसँग आग्रह समेत गरेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ रिट निवेदनमाथि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा एकसाथ सुनुवाई भइरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.