Nepal Times
Nepal Times
3
Shares

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाई हेर्दाहेदैमा

प्रतिनिधिसभा विघटनविरुद्धको सुनुवाई हेर्दाहेदैमा

९ माघ, काठमाडौँ ।
प्रतिनिधिसभा विघटनविरुद्धको जारी सुनुवाई हेर्दाहेदैमा आइतबार हुने भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमा कानुन व्यवसायीहरूको बहस नसकिएपछि जारी सुनवाइ हेर्दाहेर्दैमा आइतबार लाही तोकेको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमा निवेदक तर्फका कानुन व्यवसायीहरूले बहस गरिरहेका छन् । आजको सुनुवाइमा अधिवक्ता राजुप्रसाद चापागाईँ, कोपिल प्रसाद अधिकारी, सुलोचना धिताल, उमेश प्रसाद लगायतले बहस गरेका छन् ।

संवैधानिक इजलासमा भइरहेको जारी बहसमा आज पनि बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गरेको विषय वैधानिक हो या होइन भन्ने विषयमा नै केन्द्रित रहेको थियो ।

यसअघि आजको इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना पेश गरेका थिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ वटा रिट निवेदनको आइतबारदेखि एकसाथ सुनुवाई गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.