×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रतिमिनेट आठ संक्रमितको ज्यान जाँदै

५ बैशाख २०७८

५ वैशाख, एजेन्सी ।
नयाँ भेरियन्टसहित दोस्रो र तेस्रो लहरमा कोरोना संक्रमण तीव्र गतिमा फैलिँदा विश्वभरि प्रतिमिनेट आठ संक्रमितले ज्यान गुमाइरहेका छन् ।

अर्थात्, प्रतिएक घन्टामा पाँच सय तथा एक दिन औसतमा १२ हजार कोरोना संक्रमित निधन भइरहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार शनिबारसम्म कोरोना भाइरसबाट ३० लाख १५ हजार सात सय ८६ जनाले ज्यान गुमाएका छन् । महामारीको सिकार हुने व्यक्तिको संख्या लगभग चार देशको सिंगो जनसंख्या बराबरी छ ।

किभ, युक्रेन, काराकास तथा भेनेजुएला देशको जनसंख्या बराबर नै कोरोनाबाट निधन भएको छ । जोन हप्किन्स विश्वविद्यालयले अहिलेसम्मको निधन भएको संख्या अमेरिकाको सिकागो सहरको जससंख्याभन्दा बढी भएको उल्लेख गरेको छ ।

सिकागोको कुल आवादी २७ लाख रहेको छ । कोरोना भाइरस महामारीका रूपमा फैलिएयता डालास सहरको जनसंख्या हाराहारीमै निधन भएको जोन हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

सन् २०१९ मा चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसप्रति सेचत नहुनु र यसलाई हल्का रूपमा लिँदा नै संक्रमित तथा मृत्युदर ह्वात्तै बढेको विज्ञहरूको भनाइ छ ।

यस वर्षको जनवरीसम्म कोरोनाबाट विश्वमा २० लाखले ज्यान गुमाएका थिए । यस वेलासम्म अमेरिका तथा युरोपमा भर्खर मात्र कोरोनाविरुद्धको खोप सञ्चालनमा ल्याएका थिए ।

एक रिपोर्टअनुसार कोरोना भाइरस महामारीका रूपमा फैलिएको साढे आठ महिनाभित्र १० लाख संक्रमितले ज्यान गुमाएका थिए । विभिन्न देशले लकडाउन खुकुलो बनाउनुले नै कोरोना अनियन्त्रित भएको मानिन्छ ।

अहिले एक सय ९० देशमा खोप कार्यक्रम सञ्चालनमा छन् । तर, विश्वको कुल जनसंख्याको ०.२५ प्रतिशत मात्र खोपको पहुँचमा छ ।

खोप कार्यक्रम अगाडि बढे पनि कतिपय देशमा संक्रमित र मृत्युदर नियन्त्रणमा आइसकेको छैन । अमेरिका तथा बेलायतले पछिल्लो समयमा अपनाएको नीतिले यहाँ संक्रमित कम हुन थालेका छन् ।

तर, लकडाउन तथा अन्य गतिविधिमा प्रतिबन्ध लगाए पनि विश्वमा कोरोना झनै महामारीकै रूपमा फैलिरहेको छ । यसै कारण हो कि यो एक साताभित्र मात्रै सात लाखभन्दा बढी संक्रमित भएका छन् ।

डब्लुएचओका विज्ञ मारिया भानले १६ महिनाभित्र कोरोना नियन्त्रण गर्न सबै किसिमका प्रयास भए पनि सन्तोषजनक नभएको बताएका छन् । ‘यद्यपि, हामीले चाहेको अवस्था यो होइन, कोरोना सुरु भएको १६ महिनाभित्र धेरै प्रयास भए, अझै पनि प्रयास जारी नै छन्, तर पनि संक्रमित घटनुभन्दा बढिरहेको छ,’ मारिया भानले भने ।

पछिल्लो समय कोरोनाबाट सबैभन्दा प्रभावित बनाएको देश ब्राजिल हो । यहाँ लगातारजसो प्रतिदिन तीन हजारभन्दा बढी कोरोना भाइरसबाट निधन भएको समाचार आइरहेको छ ।

विश्वमा प्रत्येक चार संक्रमित निधन हुँदा एकजना ब्राजिलियन नागरिक पर्ने गरेका छन् । ब्राजिलमा सुरुदेखि नै कोरोना भाइरसलाई निकै सहज रूपमा लिँदा यसले विकराल रूप लिएको डब्लुएचओका विज्ञहरूको भनाइ छ ।

राष्ट्रपति जेर बोल्सोनारोको असफल कोरोना नीति नै ब्राजिलमा संक्रमित र मृत्युदर बढ्नुको प्रमुख कारण मानिएको छ ।

संक्रमितको संख्या हेर्ने हो भने अमेरिका शीर्ष स्थानमा छ । अमेरिकामा तीन करोड २३ लाख १० हजार ६ सय ९५ जना संक्रमित भएका छन् । अमेरिकामा पाँच लाख ८० हजार २१ संक्रमितले ज्यान गुमाएका छन् ।

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले कोरोनालाई सहजै नियन्त्रण लिन सक्ने भनी अमेरिकी नागरिकलाई विश्वास दिलाउनु नै यहाँ संक्रमित र मृत्युदर भयावह अवस्थामा पुगेको हो ।

ट्रम्प सुरुवाती दिनमा कोरोनालाई महामारीका रूपमा लिन तयार देखिएनन् । विश्वले नै कोरोना भाइरसप्रति अपनाएको नीतिमाथि उनले हास्यास्पद टिप्पणी दिए ।

यहाँसम्म कि ट्रम्पले अमेरिकाले भ्याक्सिन उत्पादन गरी कोरोना भगाउनेसमेत प्रतिक्रिया दिए । अमेरिकाकै छिमेकी मेक्सिकोको मृत्युदर बिस्तारै बढिरहेको छ ।

युनिभर्सिटी अफ क्यालिफोर्नियाको एक रिपोर्टअनुसार अहिलेसम्म मेक्सिकोमा दुई लाख ११ संक्रमितको निधन भएको छ । मेक्सिकोले कोरोनासम्बन्धी कुनै पनि नीति सार्वजनिक गरेको छैन ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top