Nepal Times
Nepal Times
3
Shares

प्रदेशसभाका ५ मर्यादापालकमा कोरोना संक्रमण, बिहीबारकाे बैठक स्थगित

प्रदेशसभाका ५ मर्यादापालकमा कोरोना संक्रमण, बिहीबारकाे बैठक स्थगित

२२ जेठ,जनकपुर ।
प्रदेश २ को प्रदेशसभा सचिवालयमा कार्यरत ५ जनामा कोरोना भाइरसको पुष्टि भएपछि बिहीबार आव्हान गरिएको संसद् बैठक स्थगित गरिएको छ ।

प्रदेश २ समाजिक विकास मन्त्रालयका अनुसार प्रदेशसभा सचिवालयमा संकलन गरिएको स्वाबमा ५ जनामा पोजिटिभ आएको छ । कोरोना पोजिटिभ देखिएका ५ जना नै पुरुष हुन् । उनीहरु प्रदेशसभामा कार्यरत मर्यादा पालक रहेको प्रदेशसभा सचिवालयका निमित्त सचिव रन्जित यादवले जानकारी दिए ।

प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरु भएको थियो । बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आगामी वर्षको बजेटको प्रारुप प्रस्तुत गरेका थिए । त्यसैमा छलफलका लागि बिहीबार ३ बजे बैठक बोलाइएको थियो ।

मर्यादापालकमा कोरोना भेटिएपछि अर्को बैठक शुक्रबार १ बजेका लागि निर्धारण गरिएको, उनीहरुलाई आइसोलेसनमा उपचारका लागि लगिएको र प्रदेशसभालाई स्यानिटाइज गर्ने काम भइरहेको  यादवले बताए ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.