×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रदेशसभा बैठकमा राजधानी र नाममै बहस केन्द्रित

२२ आश्विन २०७५

विराटनगर : आइतबारको प्रदेशसभा बैठकमा प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको खेलकुदको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ पेश गरे । सभामुख प्रदीपकुमार भण्डारीले विधेयकमाथिको सामान्य छलफल अघि बढाउँदै बोल्ने सांसदलाई सात मिनेटको समय छुट्याएको जानकारी गराए ।

तेस्रो नम्बरमा बोल्ने पालो पाएकी सत्तापक्षकै सांसद सरिता थापाले भने राजधानी र नामको बिषयमा धेरै बहस हुन थालेका कारण आफूले विधेयकमा ध्यानै दिन नसकेको भन्दै रोष्टममा बिषयान्तर भइन् । विधेयकको बिषय छाडेर प्रदेशको नाम र राजधानी केन्द्रित कुरा गर्न थालेपछि सभामुख भण्डारीले उनलाई ‘रुलिङ’ गर्न बाध्य भए ।

‘राजधानी र नामको बिषयमा धेरैतिबाट बहस भएका कारण विधेयकमा ध्यान दिन सकिएन, चाँडो गरेर नाम र राजधानी घोषणा गरौं’ सांसद थापाले यति भन्नेपछि सभामुख भण्डारीले ‘बिषयमा ध्यान दिनुहोस्’ भन्दै रुलिङ गरेका थिए ।

विधेयकमाथिको छलफलमा किन राजधानी र नामको कुरा ल्याउनु भयो भन्ने प्रश्नमा संखुवासभाकी सांसद थापाले ‘सवै दलभित्र छलफल भएको र जनतामा पनि सवैभन्दा धेरै चासो भएका कारण तरंग आएको’ जवाफ दिइन् ।

‘मिडियाभरी आएको छ, सत्तापक्ष र प्रतिपक्षको संसदीय दलभित्र छलफल भइसकेको छ, जतापनि राजधानी र नामको बिषयमै कुरा छ’ उनले भनिन्– ‘हामी त्यही बिषयमा निर्णय गर्ने सांसद हौं, हाम्रो प्राथमिकता नै त्यही हो, निर्णय गर्ने जिम्मेवारी भएकोले हामीलाई हतार लाग्नु स्वभाविक हो ।’ उनले नाम र राजधानीका बिषयमा छिटो गरी निर्णयमा पुग्नुपर्ने भएकोले विधेयकमाथिको छलफल भएपनि आफूले कुरो उठाएको बताइन् ।

प्रदेशसभाको शून्य समय विशेषगरी आफ्नो निर्वाचन क्षेत्र र प्रदेशभरीका सार्वजनिक चासोका बिषयमा सरकारलाई ध्यानाकर्षण गराउने महत्वपूर्ण थलो हो । तर प्रदेशसभाका सांसदहरु यसरी एकोहोरिए कि उनीहरुलाई सवैभन्दा महत्वपूर्ण बिषय नै प्रदेश राजधानी र नामाकरण भएको छ ।

आइतबारको प्रदेशसभाको बैठकमा शून्य समयमा बोल्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रदेश सांसद मोहम्मद ताहिर मियाँले जहाँसुकै भएपनि छिटो गरी प्रदेशको राजधानी टुंगो लगाउनु पर्ने बताए ।

‘जहाँ होस् ठिकै छ, फलानो ठाउँ भन्दैनौं तर छिटो होस्’ उनले भने– ‘मन्त्रालयहरु एकै ठाउँमा होस्, जनताको लागि सजिलो हुनुपर्छ ।’ शून्य समयमा लागि छुट्याइएको तीन मिनेटको समयभित्र सांसद मिया“ले प्रदेश राजधानीको बिषयमा मात्रै बोले । उनले राजधानीको बिषय चाँडो टुंग्याउन सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसकै सांसद शान्ता पौडेलले पनि शून्य समयमा राजधानीलाई प्रवेश गराइन् । उनले जिल्ला जिल्लामा प्रदेश राजधानीको चर्चा भइरहेको भन्दै प्रदेश सरकारका मन्त्रालयहरु एकैठाउँमा हुनुपर्ने बताइन् । सरकारले प्रदेशका मन्त्रालयसहित मुख्य संरचनालाई विभिन्न जिल्लामा विकेन्द्रीत गर्ने कुरा बाहिर आएपछि उनले एकैठाउँमा राख्नु पर्ने तर्क गरिन् ।

चाडबाडका बेलामा उपभोक्ताहरु नापतौलमा ढगिन सक्ने भएकोले त्यसको अनुगमन गर्न सरकारसँग माग गरिन् ।यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top