×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रदेश नं १ को राजधानी गोठगाउँ हुनुपर्ने सुझाव

३ श्रावण २०७५

भद्रपुर, साउन ३
प्रदेश नं १ को राजधानी मोरङको गोठगाउँ राख्नु उपयुक्त हुने झापाका नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका छन् ।

पूर्वाञ्चल विश्वविद्यालयसहित गोठगाउँको ८०० बिगाहा सरकारी जमीनमा प्रदेशको राजधानी राख्नुपर्ने र त्यो ठाउँ सबैलाई पायक पर्ने आज बिर्तामोडमा संवाद समूहले आयोजना गरेको छलफल कार्यक्रममा ज्येष्ठ नागरिक, विभिन्न संघसंस्था तथा क्षेत्र र नागरिक समाजका प्रतिनिधिले सुझाव दिएका हुन् ।

“चौधवटा जिल्लालाई पायक पर्ने र हरेक दृष्टिले उपयुक्त ठाउँ गोठगाउँलाई प्रदेश १ को राजधानी बनाउनुपर्छ”, ज्येष्ठ नागरिक तथा वीरता जेसिजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले भने, “दीगोरुपमा सोच्ने हो भने गोठगाउँमा राजधानी बनाउनुको विकल्प छैन ।”

प्रदेशको राजधानी मोरङ कि सुनसरी भन्ने बहस चर्किएको बेला सुनसरीको इटहरीबाट थोरै पूर्व मोरङको गोठगाउँ मै राजधानी राख्नुपर्ने छलफलमा सहभागी हरि ओझाले बताए ।

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, नेपाल परिवार नियोजन संघ झापाका अध्यक्ष केदार गिरीले सबैको भावनाको सम्मान र सबैलाई पायक पर्ने ठाउँ गोठगाउँ नै भएको विचार व्यक्त गरे ।

मेची डिलर एसोसिएसनका अध्यक्ष राजेन्द्रकुमार थापाले भौगोलिक र प्राकृतिक दृष्टि, खुला वातावरण, पूर्व–पश्चिम राजमार्गको नजिक, मेची–कोशीको केन्द्रबिन्दु, पूर्वाञ्चल विश्वविद्यालयसमेत रहेको ८०० बिगाहा जमीन भएको गोठगाउँलाई दिगो सोचका साथ राजधानी बनाउनुपर्ने बताए ।

विराटनगर अस्तव्यस्त, प्रदूषित, साँघुरो, भीडभाड, डुबाउ क्षेत्र भएको, भारतीय सीमा नजिक रहेकाले त्यहाँ राजधानी उपयुक्त नहुने छलफलमा सहभागीको धारणा थियो ।

प्रदेश १ को नाम विराट र सगरमाथामध्ये एक वा विराट–सगरमाथा राख्नुपर्नेमा धेरैको मत मिलेको थियो । छलफलको सहजीकरण संवाद समूहका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराई, अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए । रासस

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top