×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

निर्वाचनको १५ दिनपछि मोदीको फोन: सोधे प्रचण्डको सन्चो–बिसन्चो

७ पुष २०७४

प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको १५ दिनपछि भारतले औपचारिक रूपमा स्वागत गर्दै शीर्ष नेताहरूलाई बधाई दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै टेलिफोन गरी बधाई दिएका हुन् । मोदीले ओलीसँग ‘भावी प्रधानमन्त्री’का रूपमा कुराकानी गर्दै प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्न निमन्त्रणासमेत दिएका छन् ।

निर्वाचनलगत्तै अमेरिका र जापानले शीर्ष नेतालाई बधाईसहित स्वागत गरे पनि छिमेकी भारत र चीन मौन थिए । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनले निर्वाचन सम्पन्न भएकोमा सरकार, राजनीतिक दल र नेपाली जनतालाई बधाई दिइसकेका छन् । मोदीले निर्वाचनमा वाम गठबन्धनको ठूलो सफलताका लागि ओली र प्रचण्डलाई बधाई दिएका छन् । आजको नयाँ पत्रिकामा खबर छ ।

राजनीतिक स्थायित्व र आर्थिक विकास हुने अपेक्षा 
एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीका अनुसार मोदीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि ओलीलाई निमन्त्रणा गरेका छन् । उनले ओलीलाई भारतमा स्वागत गर्न आफू आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका थिए । प्रत्युत्तरमा ओलीले आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित भएको बताएका थिए । उनले भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गर्ने नेपालको चाहनासमेत व्यक्त गरेका थिए । ओलीले नेपाल भ्रमणका लागि मोदीलाई मौखिक निमन्त्रणा दिएका छन् भने प्रधानमन्त्री भएपछि चिठी पठाउने उल्लेख गरेका छन् ।

देउवालाई बधाई
मोदीले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका अनुसार प्रतिनिधिसभामा निर्वाचित भएकोमा पनि मोदीले देउवालाई बधाई दिए । दुई मिनेट लामो कुराकानीमा वर्तमान सरकारलाई भारतले गरेको सहयोग र शुभेच्छाका लागि देउवाले मोदीलाई धन्यवाद दिए । नेपालको शान्ति र स्थिरता सुनिश्चित गर्ने गरी निर्वाचन भएको उल्लेख गर्दै मोदीले यसको प्रमुख श्रेय जाने भन्दै मोदीले देउवाको प्रशंसा गरेका छन् ।

मोदीले सोधे प्रचण्डको सन्चो–बिसन्चो 
भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सन्चोबिसन्चो सोधेका थिए । ३ मंसिरमा पुत्र प्रकाशको निधनलगत्तै मोदीले टेलिफोन गरेर प्रचण्डलाई सहानुभूति व्यक्त गरेका थिए । ‘भारतीय प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डको सन्चोबिसन्चो सोध्नुभयो, प्रतिनिधिसभामा निर्वाचित भएकोमा बधाई दिनुभयो,’ प्रचण्डका सञ्चार सहयोगी मनहरि तिमल्सिनाले भने ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top