Nepal Times
Nepal Times
3
Shares

प्रदेश सरकारले मोरङमा ज्येष्ठ नागरिक ग्राम निर्माण गर्ने, १० विघामा बन्दैछन् ७२ घर

प्रदेश सरकारले मोरङमा ज्येष्ठ नागरिक ग्राम निर्माण गर्ने, १० विघामा बन्दैछन् ७२ घर

५ कात्तिक, विराटनगर।

प्रदेश १ सरकारले मोरङको ग्रामथानमा निर्माण गर्न लागेको जेष्ठ नागरिक ग्रामको गुरु योजनाबारे छलफल गरिएको छ । शृखंला खतिवडा नेतृत्वको प्राविधिक टिमले तयार पारेको गुरु योजनाबारे आज सरोकारवालासँग अनलाईन छलफल गरिएको हो ।

छलफलमा आएका सुझाव सहित समेटेर गुरु योजनालाई अन्तिम रुप दिईने खतिवडाले बताइन् । जेष्ठ नागरिक ग्राममा निर्माण गरिने संरचनाका बारेमा इन्जिनियर शुभम कोइरालाले प्रस्तुती गरेका थिए । सामाजिक विकास मन्त्रालयले मानव सेवा आश्रमसँगको सहकार्यमा जेष्ठनागरिक र मानव सेवा ग्राम निर्माण गर्ने भएको छ । १० विगाहा १४ कठ्ठामा ७२ वटा घरहरु निर्माण गरिने छ । सामाजिक विकास मन्त्रालयले चालु आर्थिक बर्षका लागि ३ करोड ५० लाख बजेट विनियोजन गरेको छ ।

भवन निर्माणको शिलान्यास चाँडै गर्नेगरि मन्त्रालयले काम अघि बढाएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए । उनले परियोजना सम्पन्न भएपछि अहिले सञ्चालनमा रहेका आश्रमहरु भन्दा स्तरिय बन्ने बताए । जेष्ठनागरिक ग्राम बेसहराहरुका लागि भन्दा पनि सम्मानजनक बस्न सकिन्छ भन्ने अवधारणाबाट शुरु गरिएको मन्त्री घिमिरेले बताए । उनले जेष्ठनागरिक ग्राममा निर्माण गरिने चिल्ड्रेन पार्कलाई नलेज पार्कका रुपमा विकास गरिने मन्त्री घिमिरेले बताए ।

छलफल कार्यक्रममा जेष्ठ नागरिक अभियानन्ताहरु मणि अज्र्याल, कृष्ण भण्डारी मार्सेली, कुमार आचार्य लगायतको सहभागिता रहेको थियो ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.