×

NEPAL TIMES UPDATES

Playing
इराकमा कार्यरत १५० नेपालीलाई होटलमा सारियो || Nepal Times
Mar 03, 2026
Playing
इरानमा कु गर्न ट्रम्पले कुर्दिश नेतासँग सहयोग मागे, राष्ट्रपति कार्यालयमा आक्रमण|| Nepal Times
Mar 03, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-19-2082 || Nepal Times
Mar 03, 2026
Playing
इरानको मोज्याक रणनीति के हो? ४ दिनमै अमेरिका फ्याँफ्याँ, पेन्टागन चिन्तित || Nepal Times
Mar 03, 2026
Playing
Iranको नतान्ज आणविक केन्द्रमा पुनः क्षति, यु*द्धमा कति हुन्छ Americaको खर्च ? || Nepal Times
Mar 03, 2026
Playing
खामेनीको ह त्या ले विश्वभर हलचलः अब कता मोडिन्छ यु द्ध? || Nepal Times
Mar 03, 2026
Playing
निर्वाचन विरोधी गतिविधि गर्ने ज्योतिषिसहित १४२ जना प क्रा उ || Nepal Times
Mar 03, 2026
Playing
Trumpले आफ्नै दूताबास र नागरिकको सुरक्षा गर्न सकेनन्, प्रतिरक्षा फेल || Nepal Times
Mar 03, 2026
Playing
जे डर थियो‘: कतारमा ग्यास उत्पादन बन्द, मूल्य ४५ प्रतिशतले बढ्यो || Nepal Times
Mar 03, 2026
Playing
इरानको नयाँ टार्गेट यूएईसहित खाडी राष्ट्र, अर्बपतिहरु नै देश छाडेर भागे || Nepal Times
Mar 03, 2026

प्रदेश १ कानुन निर्माणमा अगाडि, २० वटा विधेयक पारित २२ वटा कानुन बनाउन संघीय कानुनको खाँचो

२६ भाद्र २०७५

विराटनगर,भदौ २६
प्रदेश नम्बर–१ को प्रदेशसभा बैठकले प्रदेशका लागि आवश्यक पर्ने कानुन निर्माण गर्ने कार्यलाई तीव्रता दिएको छ । संविधान कार्यान्वयनका लागि प्रदेशले बनाउनुपर्ने २२ वटा कानुनका सन्दर्भमा भने प्रदेश सरकारपनि संघीय कानुन पर्खिरहेको छ । प्रदेश सभाको ४१ औ सभा बैठक सम्पन्न हुँदासम्म प्रदेशसभाबाट अहिलेसम्म २० वटा विधेयक पारित भएका छन् भने दुई वटा विधेयक प्रदेशसभा सचिवालयमा दर्ता भएका छन् ।

प्रदेश सभा सचिवालका अनुसार प्रदेश सभा बैठकले आवश्यक कानुन निर्माणलाई मुख्य कार्यभारका रुपमा लिएर कानुन निर्माणको चरणलाई तिव्रता दिएको जनाएको छ । प्रदेश सभा सचिवालका अनुसार प्रदेश सभाको पहिलो अधिवेशनबाट ११ वटा र दोश्रो अधिवेशनबाट थप ९ वटा विधेयक पारित भएको छ । पहिलो अधिवेशनबाट प्रदेश आर्थिक कार्यविधि विधेयक २०७४,प्रदेश विनियोजन विधेयक, २०७४, प्रदेशका सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न विधेयक, गाउँ सभा र नगर सभा सञ्चालनका लागि व्यवस्था गर्न बनेको विधेयक र प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका छन् ।

त्यसैगरी, जिल्ला सभाको सञ्चालनका निम्ति व्यवस्था गर्न बनेको विधेयक, मुख्य न्यायाधिवक्ताको काम, कर्तब्य र अधिकार तथा सेवा र अन्य शर्तका सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक, मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिकतथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, गाउँ तथा नगर सभाका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, जिल्ला सभा र जिल्ला समन्वय समितिका सदस्यहरुले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएका छन् ।

त्यसैगरी दोश्रो अधिवेशनबाट प्रदेश रेडियो एफ एम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५,विनियोजन विधेयक २०७५,आर्थिक विधेयक २०७५,अन्तर प्रदेश बासिन्दाको सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५,जिल्ला सभाको काम ,कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५,प्रशासकीय कार्यविधि नियमिति गर्न सम्बन्धमा बनेको विधेयक २०७५,प्रदेश नम्वर १ सामाजिक बिकास संस्था विधेयक २०७५,प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा बनेको विधेयक २०७५ र प्रदेश नं १ वित्त व्यवस्थापन गर्न बनेको विधेयक २०७५ पारित गरेको छ ।

सभामुख प्रदीपकुमार भण्डारीले कानुन निर्माणको चरणमुख्य प्रदेश सभाको अहिलेको कार्यभार रहेकाले सोही अनुसार विभिन्न मन्त्रालयबाट तयार पारी प्रदेश सभा बैठकमा पेश भएका विधेयकको आवश्यक छलफल गरी विधेयक पारित गरी आवश्यक कानुन निर्माण गर्नतर्फ प्रदेश सभा लागि परेको जानकारी दिए । प्रदेश १ मा नेकपाको प्रष्ट दुई तिहाइ छ । कुल ९३ जना सदस्य मध्ये नेकपाका ६७ जना कांग्रेस २१, संघिय समाजवादी ३, राप्रपा र लिम्बुवान १ जना सदस्य रहेका छन् ।

सम्बन्धित

भर्खरको समाचार

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

Screenshot 2026-01-12 115501
Scroll to Top